लागू पदार्थ माग घटाउ , युवा सशक्तीकरण तथा परिचालन सम्बन्धमा बिजामद्वारा अन्तरकृया

Date:

अजित कुमार भुजेल , बिरगंज । विद्यार्थी जागरण मञ्च ( बिजाम ) पर्साले लागू पदार्थ माग घटाउ , युवा सशत्तिकरण तथा परिचालन सम्बन्धमा पर्सेलि सन्चारकर्मिहरु सङ्ग अन्तरकृया कार्यक्रम गरेको छ ।

बिरगंज महानगरपालिका वडा नं. ८ पानीटन्किमा स्थित रहेको बिजामको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा बिजामका कार्यक्रम संयोजक अनोज कुमार खडका र अनुगमन तथा मुल्यांकन अधिकृत तपेन्द्र शाहीले नेपालमा लागु पदार्थको अवस्था, समस्याहरु, प्रयोगकर्ता र लागु पदार्थ सेवन नियन्त्रणका लागि आगामी रणनितिहरुको बारेमा पत्रकारहरुलाई जानकारी गरेका थिए ।

साहीले एक तथ्यांकका अनुसार पर्सा जिल्लामा सुईद्धारा लागु पदार्थको प्रयोगकर्ता ३ हजार ५, बारामा ३ हजार ४ सय ३९, रौतहटमा ३ हजार ४ सय ३४, सर्लाहीमा ३ हजार ८ सय ४९, महोत्तरीमा ३ हजार १ सय ३८, धनुषामा ३ हजार ७ सय ७४, सिरहामा ३ हजार १ सय ८७ र सप्तरीमा ३ हजार १ सय ९६ रहेको बताउदै लागु पदार्थबाट खास गरी १६ वर्ष देखि ४० वर्षका युवाहरु बढी प्रभावित रहेको बताए । लागु पदार्थ प्रयोगकर्ता बढनुको मुख्य कारण मध्ये साथीभाईको करकाप तथा संगत, युवाहरुको उत्सुक्ता, घरायसी वातावरण, नैराश्यता, असफलता, बिछोड, झगडा, हानी नोक्सानी आदि रहेको तथ्यांकले देखाएको साहीले बताए ।

बिजामले लामो समय देखि एचआईभी एड्स, लागु औषध प्रयोगकर्ताहरुलाई निरुत्साहित गर्नमा काम गर्दै आएको र आउने दिनहरुमा स्थानिय प्रशासन, स्थानिय सरकार तथा स्थानिय जनप्रतिनिधिहरु सँग सहकार्य गरेर काम गर्ने लक्ष्य रहेको बिजामका कार्यक्रम अधिकृत अनोज खडकाले बताए ।

खडकाका अनुसार पर्सा जिल्लाको बिरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पकहाँ मैनपुर , जिराभवानी गाउँपालिका र बाराको कलैया उपमहानगरपालिका सँग सम्झौता गरी लागु औषध नियन्त्रण र जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनले सम्झौता भएको पालिकाहरुमा वडा स्तरिय, पालिका स्तरिय जनचेतनामुलक कार्यक्रम गरिरहेको र आउने दिनहरुमा मधेश प्रदेश भरीकै सम्पूर्ण पालिकाहरुसँग सम्झौता गरी लागु औषध नियन्त्रण गर्नका लागि प्रयास अगाडि बढाएको खडकाले बताए ।

साथै आउने दिनहरुमा पालिकाहरु सँग समन्वय गरी रिहायब सेन्टर (सुधार केन्द्र) सञ्चालन गर्ने तयारी भईरहेको समेत बताए ।

कार्यक्रम सन्चालन बिजामका उषा किरण चौधरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...