बिरगंज कपडा बैंकद्वारा घन्टाघरमा नया पुरानो गरि ८०० पिस निसुल्क कपडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । ।अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा  शुभकामना सहित बिरगन्ज कपडा बैंकले  शुक्रबार बिरगंजको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ।

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय बिरगंज -८ बाट बिहान १० बजे देखी बेलूका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले बडादसै ,दिपावली , छठपर्व एवं प्रत्येक महिनामा घण्टाघरमा सर्वसाधारणलाई नया पुरानो कपडा वितरण गर्दै आएकोमा आज केही नया र पुरानो गरि जम्मा ८०० थान कपड़ा वितरण गरेको सचिव कन्हैया पटेलले बताए ।

संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, समाजसेवी हुकुम सिंह राजपुत,एन्युज टेलिभिजनका पत्रकार राज सरार्फ ,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राजेश कुमार मिश्र , संस्थाका उपाध्यक्ष मोनिका सिंह, सदस्य हरेंद्र पटेल,संजय मंडल,अभिलाश गुप्ता ,राजेन्द्र भट्टराई , शोभा देवी,सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता,सल्लाहकार प्रकाश उपाध्याय, सल्लाहकार राजेश कुमार बरनवाल ( राजु ) , निवर्तमान अध्यक्ष रंभा मिश्रा,पुर्व अध्यक्ष बृजेश्वर प्रसाद चौधरी,कर्मचारी शोभा देवि लगायतको सहभागिता रहेकों कोषाध्यक्ष मनोज मिश्राले बताए ।

सो अवसरमा प्रमुख अतिथी कुर्मिले “तपाईं संग धेरै छ भने हामिलाइ दियेर जानुस र तपाईलाई आवश्यकता छ कमि छ भने हामी संग निशुल्क लियेर जानुस ” को मुलमन्त्रलाइ आत्मसात गरि विगत ५ वर्ष देखि दिन दुखी असहायको सेवा सहयोगमा निरन्तर रुपले निस्वार्थ भावनाले सेवा सहयोग गर्दै आएको बताए।

हामी सबैले दिन दुखी असहायको सेवा सहयोगमा आआफ्नो आम्दानिको ५% रकम सेवा सहयोगको लागि छुटाएर मानवता बलियो बनाउनु पर्दछ । बैंकको नेक कार्यमा सहयोग पुर्याउने मानवताप्रेमी दाता, शुभेच्छुक, सल्लाहकार ,पदाधिकारी सदस्यजन प्रती हार्दिक आभार प्रकट गरेका थिए भने अध्यक्ष सिंह ,सल्लाहकारहरु गुप्ता,उपाध्याय र बरनवालले दिन दुखी असहाय बिपन्नको सेवा सहयोग नै मानवको सर्बोत्तम धर्म हो कर्म हो भन्दै हामिसबैले कहि कतै कुनै माध्यमबाट सेवा सहयोग जारी राख्नु पर्दछ भन्दै बिरगंज कपडा बैंकले बिगत लामो समयदेखी यस्तो नेक कार्य गरिरहेकोमा गर्व लागेको बताए साथै बैन्कलाइ सहयोग गर्ने दाता लगायत सम्पुर्णलाई मुरि मुरि धन्यवाद अर्पण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...