त्रिभुवन माबिमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको गठन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज वडा न. ६ रेशमकोठिमा अवस्थित श्री त्रिभुवन हनुमान मावि मा सुमैया आराको अध्यक्षतामा ११ सदस्यीय जुनियर रेडक्रस सर्कल र सुजल चौधरिको अध्यक्षतामा ११ सदस्यीय बाल कल्बको सर्वसम्मतिले गठन गरिएको छ ।

त्रिभुवन हनुमान मावि का निमित्त प्रधानाध्यापक कबिता फुयालको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका सचिव एवं सामाजिक अभियन्ता लालबाबु सिंहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका अतिथी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता ,विद्यालयका वरिष्ठ शिक्षक एवं शिक्षक नायक निरन्जन कुमार सिंह ,जुनियर सर्कल शिक्षक नायक शिवशंकर चौधरी,आदित्य चौधरी ,राजिव सिंह लगायत शिक्षक एवं  कक्षा ७,८,९,१० का विद्यार्थी भाइबहिनीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथी सिंहले मानव सामाजिक प्राणी भएको र उसलाइ समाजबाट धेरै सेवा सहयोग पाएको हुदा अब हामिहरुले पनि त्यही समाज देशलाइ सेवा सहयोग फर्काउनु पर्दछ जसले गर्दा मानवता बलियो बन्दछ । विद्यार्थीहरु देश समाजका नेतृत्व गर्ने शक्ति भएकोले रेडक्रस जस्तो विशुद्ध मानवीय सेवामा कार्यरत संस्थामा विद्यालय स्तरबाट नै सेवा सहयोगको भावना जागृत गराउन जुनियर रेडक्रस सर्कल एवं बाल क्लबमा आबद्ध गराइ सामाजिक सेवा गर्न प्रेरित गरिन्छ जसले तपाइँहरुको बौद्धिक स्तर विकास गर्नुको साथै आपत विपतमा रहेकाहरुको सेवा सहयोग गर्न गराउदै एक असल नागरिक बन्न महत्वपूर्ण भुमिका खेल्ने समेत बताए  ।

आफू पनि यसै स्कुलबाट अध्ययन गर्ने सौभाग्य पाएको बताउदै  प्रमुख अतिथी सिंहले परिवार पछि विद्यालय नै हामिहरुलाइ शिक्षाको साथै संस्कार,अनुशासन सिखाएर असल नागरिक बनाउने भएकोले यहाबाट शिक्षा आर्जन गरि आफू पनि रेडक्रस एवं अन्य मानवीय सेवाका संस्थामा आबद्ध समर्पित रहि सेवा गरिरहेको र यसले तन मन प्रफुल्लित हुनुको साथै वर्णन गर्न नसकिने खुशी पाएको अनुभव सुनाउदै विद्यालयका गुरुजन प्रती आभार प्रकट गर्दै देशका भविस्य तपाईं सम्पूर्ण विद्यार्थी भाइबहिनिहरु सामाजिक सेवा गर्ने योद्धा हुनुहुन्छ र अब सामाजिक क्षेत्रमा लागेर आआफ्नो परिवार समाज देशको नाम उच्च बनाउन आग्रह गर्दै नवनिर्वाचित सम्पुर्णलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

जुनियर रेडक्रस सर्कलको उपसभापतिमा सफरोज अन्सारी ,सचिवमा सोनम चौरसिया,कोषाध्यक्षमा सन्जय पासवान,सह सचिवमा मन्तोष चौरसिया,सहकोषाध्यक्षमा नन्दनी कुमारी,सदस्यहरुमा राकेश यादव,प्रीती कुमारी,रिजवाना खातुन,अन्जली यादव,गुड्डु चौरसिया चयन भएका थिए।

त्यसैगरि बाल क्लबको उपाध्यक्षमा ज्योती चौरसिया,सचिवमा कृष्णा कुमारी,कोषाध्यक्षमा सन्दीप चौधरी,सहसचिवमा निरन्जन कुमार साह,सदस्यहरुमा रुपम कुमार झा ,गोपिकृष्ण कुश्वाहा,रानी कुमारी सराफ,अन्कित कुमार प्रजापति ,पिन्की चौरसिया,रिन्कु कुमारी सोनार रहेका छन ।

नवचयनित पदाधिकारी सदस्यहरुलाइ प्रमुख अतिथि लगायतले अबिर टिका लगाइ बधाई तथा शुभकामना प्रदान गरिएको सो कार्यक्रमको सहजीकरण विद्यालयका बरिस्ठ शिक्षक नायक निरन्जन कुमार सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...