अजित कुमार भुजेल , बिरगंज । “फोहोरबाट फेसन ” कार्यक्रमको आयोजना वातावरण जिउने आधार सस्थाले गरेको थियो ।
वातावरण दिवस २०२४ को अवसरमा आज बिरगंजको पब्लिक कलेजको सभाहलमा पृथ्वीको संरक्षण र सुरक्षा प्रवर्द्धन गर्ने उदेश्यले यो कार्यक्रम गरेको आयोजकले जनाएको छ ।
यो सस्थाले बिगत लामो समयदेखि सन्युक्त राष्ट्र वातावरण कार्यक्रम ( UNEP) को बिषयसङ्ग माटोको स्वास्थ्य र भुमि अधोगति प्रमाणित गर्ने प्लास्टिक प्रदुषणमा केन्द्रिय रहेर काम गर्दै आईरहेको छ ।
त्यस अन्तर्गत यस बर्ष यस सस्थाले बिरगंजमा ” ट्रासओनिस्टा” नामक कार्यक्रम आयोजना गरेको छ । जसको नारा “फोहोरबाट फेसन ” रहेको र यसले विद्यार्थीहरुलाई बातावरणिय समस्याहरुलाई शिर्जनात्मक तरिकाले समाधान गर्न प्रेरित गर्ने काम गर्दछ ।
यो कार्यक्रम अन्तर्गत विद्यालहरु बीचको प्रतियोगिता हुने छ , जहा विद्यार्थीहरुले पुन: प्रयोग गरिएको प्लास्टिकबाट बनेका DIY फेसन आउटफिटहरु सिर्जना र प्रदर्शन गर्ने र यो प्रतियोगितालाई तिन श्रेणिमा बिभाजित गरिएको छ ।
फोहोर लुगाहरु ५०% अन्क , शारीरिक भाषा २५% अन्क र प्रश्न र उत्तर २५% अन्कको हुने छ ।
सो कार्यक्रममा २० विद्यालयहरुलाई सहभागीताको लागि आमन्त्रित गरेको र अन्तिम समयमा ३ विद्यालय मात्र सहभागी भएका थिए । सहभागी हुने विद्यालयहरुमा अल्पाईन स्कुल , रोयल एकेडेमी र सालोम स्कुल रहेका थिए ।
बिरगंज पब्लिक कलेजको बुद्ध सस्थाकि कार्यक्रम संयोजक अनामिका तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि मधेस बिश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्य रहनु भएको थियो ।
त्यसैगरि सो कार्यक्रममा ओम्यान स्किल सेन्टर बिरगंजकि अध्यक्ष चंचला दास , पोखरिया नगरपालिकाकि पुर्व उपप्रमुख सलमा खातुन , वातावरण जिउने आधार सस्थाका पदाधिकारीहरु , विद्यार्थीहरु र सन्चारकर्मिको सहभागिता रहेको थियो ।
कार्यक्रम सन्चालन प्रार्थना साहले गरेका थिए ।