पर्सा प्रहरीद्वारा ६१ लाख बराबरको औंषधि तथा खुद्रा सामान लोड ट्रक पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको मालबाहक ट्रक पक्राउ गरेको छ ।

बिरगंजबाट कंचनपुरतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.०८ घण्टाघरचोक स्थित सडकखण्डमा ना.६ ख ६५१२ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.६१,१४,०८७।– ( एकसट्ठी लाख चौध हजार सतासी ) बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...