अल्पाईन स्कुलमा अध्यनरत कक्षा ११ का विद्यार्थीद्वारा प्लस टु का विद्यार्थीहरुको बिदाई

Date:

अजित कुमार भुजेल , बिरगंज । अल्पाइन सेकेन्ड्री स्कुल प्लस टु साइन्स एवम् मेनेजमेन्टमा अध्यनरत विद्यार्थीहको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज वडा न.११ दुर्गा टोलमा अवस्थित अल्पाईन स्कुलमा अध्यनरत कक्षा ११ का विद्यार्थीहरुले बिरगंजको होटल भिसुवामा आज एक समारोह बीच कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

अल्पाईन स्कुलका सस्थापक डाईरेक्टर बिनोद उपाध्यायको अध्यक्षतामा तथा  भारत स्थित रक्सौलका केसिटिसि कलेजका किशोर सिंहको प्रमुख आतिथ्यमा भएको सो बिदाई कार्यक्रममा प्रमुख अतिथि सिंहले शिक्षा क्षेत्रमा आफुले गर्नुपर्ने सहयोग सधैं गरिरहने उदघोष गर्नु भएको थियो ।

उच्च शिक्षा हासिल गर्न अहिले धेरै सर्घष गर्न बाकी रहेको बताउदै लगनशीलता र परिश्रम गर्न जरुरी रहेको बताए ।

विद्यार्थीहरुले आफ्नो लक्ष्यमा पुग्ने हो भने त्यसका आफ्नो लक्ष्य निर्धारण र अनुशासनमा रहनुपर्ने सिंहले बताएका छन् ।

त्यसैगरि अल्पाइन प्लस टु का डाइरेक्टर विनोद उपाध्यायले विद्यार्थीहरुको अब परिक्षणकाल शुरुआत हुदै छ , यसका लागि विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्न र आफ्नो लक्ष्यमा कसरी पुग्ने भन्ने बारेमा अबको यात्राले तय गर्ने बताए ।

कलेजको नाम र आफ्नो बुवा आमाको नाम उच्च राख्न विद्यार्थीहरुलाई सुझाव समेत डाइरेक्टर उपाध्यायले दिनु भएको थियो ।

बिदाई समारोहमा विद्यार्थीहरुले विभिन्न नृत्य तथा नाटक एवम् संस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन समेत गरेका थिए ।

बिदाई समारोहमा अल्पाइन प्लस टु का प्रिन्सिपल बिशाल उपाध्याय, प्रेस सेन्टर  नेपालका केन्द्रीय सदस्य जगत राई,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधान , कोषाध्यक्ष रेखा शर्मा , सदस्य निर्मल ताम्राकार , फोनिज पर्साका अध्यक्ष अजित भुजेल , सामुदायिक सेवा केन्द्र मुर्लीका  हवल्दार सुभाष यादव ,सहायक हवल्दार लालुमाया महतो , प्रहरी जवान राजु प्रसाद चौरसिया , स्कुल सन्चालक कौशल सिंह , भ्वाईस प्रिन्सिपल सतेन्द्र महतो , कोडिनेटर डिएन चौधरी ,  शिक्षकहरु बाबुल सिंह , श्याम सुन्दर सरार्फ , अक्बर हुसेन , बरुण कुमार ,  विनोद कुमार श्रीवास्तव,मुन्ना कुस्वाह ,  ,विनोद साह,विनोद चौहान, बिजय कुस्वाह , अन्कित सर , प्रिती सिंह , सन्जना म्याम तथा शिक्षक,शिक्षिका एवम् विद्यार्थीहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...