सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरको आयोजनामा आगलागी सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको आयोजनामा गर्मी मौसममा बढी आगलागी हुने भएको हुदा त्यसबाट बच्न र बचाउन कसरी सकिन्छ भन्ने जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बी.म.न.पा.बडा नं.११ भगवती टोलमा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , प्रहरीहरु समेतको टोलि घरदैलोमा पुगि आगलागि हुन नदिन आआफ्नो घर , होटेलमा ग्यास बाली सकेपछि  राम्ररि रेगुलेटर निभाउन र पसल बन्द गरेपछी बत्तिको स्विच अफ गर्न नबिर्सन समेत आग्रह गर्दै सो सम्बन्धमा होटेलमा जथाभावी चुरोटको ठुटो नफाल्न सम्झाई बुझाई सो सम्बन्धि जनचेतना मुलक पर्चा पम्पलेट समेत बितरण गरि कार्यक्रम सम्पन्न गरेको थियो ।

सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका  सचिव कुल नारायण प्रधानको बिशेष उपस्थितमा सामुदायिक प्रहरीका प्रहरी हवल्दार सुभाष प्रसाद यादव , महिला प्रहरी हवल्दार लालुमाया महतो लगायत  स्थानियहरुको उपस्थितिमा १०० थान पर्चा पम्पलेट बितरण समेत गरिएको सचिव प्रधानले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...