4 GR सामाजिक सस्थाद्वारा १०० जनालाई अफतारीको सामाग्री बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजमा रहेको सामाजिक सस्था 4 GR ले आज अफतारीको सामाग्री बितरण गरेको  छ ।

मुस्लिम धर्मावलम्बीहरुको रमजान (रोजा) १ महिना सम्म पानी पनि नखाई बर्त ( रोजा) बस्ने गर्दछ्न र बेलुकी भएपछी सामुहिक रुपमा अफतारी खाई  रोजा खोल्ने गर्दछ्न।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत पर्सा जिल्ला बी.म.न.पा.बडा नं.३ स्थित मर्कज (मस्जिद)को अगाडि मंगलवार फोर.जी.आरको बिशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजनामा मुस्लिम धर्मावलम्विहरुको रोजा खोलाउनेको लागी (अफतारी) १०० जनालाई बितरण गरेको थियो ।

त्यसैगरि सोमबारका दिन पनि सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैया अगाडि फोर जिआर सस्थाले अफतारीका सामानका पाकेट १०० जनालाई बितरण गरि सकेको छ ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बडा समिति कार्यालय बडा नं.३ का बडा सदस्य श्री अब्दुल कलाम मिया ठकुराईको प्रमुख आतिथ्यमा फोर.जी.आरको अध्यक्ष  नूतन सरावगीको आतिथ्यमा सोनी चाचान, देवकी चाचान, सुरुचना गुप्ता,  नैनसि अग्रवाल, सिमा गाडीया, कृष्ण बहादुर कुशवाहा , पुष्पा गाडीया, अफसाना खान, प्रिया सिंह , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष अब्दुल हक , कोषाध्यक्ष प्रेम कुमारी सिंह , सहसचिव मदन प्रसाद गुप्ता ,अजित कुमार भुजेल, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादव , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल , प्रहरी हवल्दार रुप कुमार यादव लगायतको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक चेतना र सकारात्मक सोचले जिवनलाई सार्थक बनाउँछ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ३१ गते , रक्सौल, पूर्वी...