उपकार सेवा नेपालद्वारा ठोरी वृद्वाश्रमलाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग

Date:

पर्सा पोस्ट, जेठ १७ गते, वीरगञ्ज ।
सामाजिक सेवामा सक्रिय संस्था उपकार सेवा नेपालले आफ्नो नियमित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।

आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मनस्थितिका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकाको दैनिक जीवनयापनलाई सहज बनाउने उद्देश्यले संस्थाले विभिन्न खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराएको हो। सहयोगस्वरूप ३० किलोका दुई बोरा चामल, एक बोरा पिठो, एक बोरा सोयाबिन, १० किलो दाल, ४ लिटर खानेतेल, ५ किलो नुन, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, धनियाँ, खुर्सानीलगायतका सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

आश्रम परिसरमा आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका सदस्यहरू युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले समाजका असहाय, अशक्त तथा ज्येष्ठ नागरिकहरूको सेवा गर्नु सबैको साझा दायित्व भएको बताइन्। उनले मानवीय सेवाभावलाई केन्द्रमा राखेर उपकार सेवा नेपालले विभिन्न सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिइने जानकारी दिइन्।

आश्रमका प्रतिनिधिहरूले नियमित रूपमा सहयोग गर्दै आएको उपकार सेवा नेपालप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले आश्रम सञ्चालनमा ठूलो टेवा पुगेको बताएका छन्।

उपकार सेवा नेपालले विगतदेखि नै उक्त आश्रमलाई प्रत्येक महिना खाद्यान्न तथा अन्य जिन्सी सामग्री उपलब्ध गराउँदै आएको छ। संस्थाको निरन्तर सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक आवश्यकतापूर्ति तथा जीवनयापनमा महत्वपूर्ण सहयोग पुगेको विश्वास गरिएको छ। सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै आएको संस्थाले आगामी दिनमा पनि यस्ता परोपकारी कार्यलाई अझ विस्तार गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लोकमाता अहिल्याबाई होल्करको ३०१ औं जन्मजयन्ती रक्सौलमा श्रद्वापूर्वक मनाइयो

पर्सा पोस्ट, जेठ १७ गते, रक्सौल । भारत विकास परिषद्...

बिरगंज न्युरो एन्ड जेनरल हस्पिटलद्वारा १ हजार बिरुवा रोपण , हरियाली अभियानलाई तीव्रता

पर्सा पोस्ट, जेठ १७ गते, वीरगञ्ज । वातावरण संरक्षण, हरियाली...

प्रसौनी प्रिमियम लिग क्रिक्रेट प्रतियोगिता सुरु , युवामा खेल भावना र एकताको सन्देश

पर्सा पोस्ट, जेठ १७ गते, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा...

खाद्य अनुगमन प्रभावकारी बनाउन उपभोक्ता हित संरक्षण मञ्च पर्साको माग

पर्सा पोस्ट, जेठ १७ गते, वीरगञ्ज। उपभोक्ता हित संरक्षण मञ्च...