रमजान पर्वलाई लक्षित गर्दै सामुदायिक सेवा केन्द्र छ्पकैयाको आयोजना तथा राईजिङ्ग बिरगंज नेपालको समन्वयमा २ सय बोरा चामल बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा न. २ छपकैयाका २ सय विपन्न परिवारलाई चामल वितरण गरिएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साले राईजिङ् बिरगंज नेपाल छपकैया-२ पर्साको समन्वयमा २ सय बोरा चामल वितरण गरिएको हो । 

रमजान पर्व चलीरहेको अवस्थामा रोजा पर्वलाई लक्षित गर्दै करिब ३ लाख २० हजार मूल्य बराबरको चामल वितरण गरिएको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनुभयो । 

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईस्लाम धर्मावलम्बीहरुको पर्व रमजानको अवसरमा चामल वितरण गरिएको अध्यक्ष ठकुराईले बताए । सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का वरिष्ठ उपाध्यक्ष अब्दुल हक, कोषाध्यक्ष प्रेम कुमारी सिंह, सहसचिव मदन गुप्ता, सदस्य साहेब हुसैन, ज्याहुल हक , छ्पकैया प्रहरी बिटका प्रहरी सहायक निरीक्षक बृजभुषण पान्डे , प्रहरी हवल्दार लालबाबु कुशवाह  लगायतको उपस्थिती रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...