नागरिक सुशासन , पारदर्शीतबाट नै वैभव बिरगंजको अभियान सफल हुन्छ :- नगर प्रमुख सिंह

Date:

अजित कुमार भुजेल , बिरगंज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नागरिक सुशासन, पारदर्शिता र जनअपेक्षा अनुरुप वैभव बीरगंज बनाउने अभियानमा नेतृत्व जुटि रहेको बताउनु भएको छ ।

बिरगंजमा आज आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले नगरवासीको सहयोग र सहकार्यबाट मात्रै वैभव बिरगंजको परिकल्पना साकार हुने बताउनु भयो ।

उहाँले बिरगंज महानगरपालिकाका ३२ वटै वडामा हालै सम्पन्न नगर सभाबाट समानुपातिक रुपमा आगामी आर्थिक बर्षको बजेट विनियोजन गरिएको भन्दै वडा स्तरीय योजना छनौट गर्दा जनप्रतिनिधिहरु जनताको घरदैलो मै पुगेर समस्या बुझ्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले भोटको राजनीति भन्दा माथि उठेर समग्र बिरगंजको विकासका लागि लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले बिरगंजमा हाल खानेपानीको समस्या विकराल बन्दै गएको र ढल नलको व्यवस्थापन, सकडमा अव्यवस्थित रुपमा रहेका विजुलीका पोल तथा तारहरुको व्यवस्थापन, वर्षामा डुवान हुने समस्याको समाधान गर्न नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

बिरगंज महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज  महानगरपालिका आम सञ्चार प्रबर्द्धधन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीले नागरिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संचारकर्मी एवं विश्लेषक ओम प्रकाश खनालले सार्वजनिक सुनुवाई सम्बन्धी टिप्पणी गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संचारकर्मी उज्जवल घिमिरले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...