खाद्य पदार्थ आयातकर्ता / निर्यातकर्ताहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि क्षमता अभिवृद्वि कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट , असार ०५ गते , बिरगंज ।
“खाद्य सुरक्षा, सबैको व्यवसाय” भन्ने नारासहित खाद्य पदार्थ आयातकर्ता/निर्यातकर्ताहरुलाई लक्षित गरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम आज सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंको आयोजनामा तथा बिरगंज उद्योग वाणिज्य संघ पर्साको सहकार्यमा बिरगंज उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिम प्रसाद पुलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिरगंज भन्सार कार्यालय पर्साका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनाली सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी कार्यक्रममा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष काशिराज उपाध्याय, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेल, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र पर्साका कार्यालय प्रमुख कुलदिप घिमिरे, पशु क्वारेन्टाइन कार्यालय बिरगंजका डा. राकेश मोहन सिंह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंजका कार्यालय प्रमुख सुरेश कुमार सिंह, खाद्य अनुसन्धान अधिकृत भेष बहादुर थापा, बिरगंज भन्सार एजेन्ट संघ पर्साका अध्यक्ष राजमान तामाङ लगायत खाद्य पदार्थ आयातकर्ता/निर्यातकर्ता, उद्योग व्यवसायी, भन्सार एजेन्ट प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खाद्य पदार्थ आयात तथा निर्यात गर्दा अपनाउनुपर्ने खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले खाद्य पदार्थको निर्यात सहजीकरण, अनुगमन तथा निरीक्षण, खाद्य व्यवसायीको दायित्व, खाद्य पदार्थ सम्बन्धी निषेधित कार्य तथा सबैभन्दा बढी प्रयोग हुने नाकाहरुका विषयमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे काशिनाथ घिमिरेले प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा व्यवसायीहरुले भन्सार प्रक्रिया, खाद्य ल्याब परीक्षण तथा आयातित खाद्य सामग्री परीक्षणमा हुने ढिलाइका कारण व्यवसायमा समस्या भइरहेको गुनासो गरेका थिए । खाद्य ल्याब टेस्ट बिना भन्सार प्रक्रिया अगाडि नबढ्ने, छिट्टै बिग्रिने खाद्य सामग्रीको रिपोर्ट ढिला आउने तथा त्यसबाट व्यापारीहरुले आर्थिक नोक्सानी व्यहोर्नुपरेको उनीहरुको भनाइ थियो । व्यवसायीहरुले बिग्रिने तथा छिट्टै खराब हुने खाद्य पदार्थलाई प्राथमिकतामा राखी सहज र छिटो परीक्षण तथा भन्सार प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले आयातकर्ता तथा निर्यातकर्ताले खाद्य पदार्थ मगाइसकेपछि मात्रै परीक्षण गर्ने प्रवृत्तिभन्दा पहिले नै आफूले मगाउन लागेको खाद्य सामग्रीको स्वच्छता, गुणस्तर तथा उपयुक्तता सम्बन्धी क्वालिटी ल्याब टेस्ट गराउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनीहरुले कुन देशबाट खाद्य सामग्री आयात गर्ने, सम्बन्धित कम्पनीको क्वालिटी टेस्ट रिपोर्ट तथा एनालाइसिस रिपोर्टको अध्ययन गरेर मात्रै सामान आयात गर्दा व्यवसायीहरुलाई सहज हुने र जोखिम कम हुने धारणा व्यक्त गर्दै सबै व्यवसायीहरुलाई सचेत र जिम्मेवार भएर काम गर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिश्व योग दिवसलाई भब्य बनाउन रक्सौलमा ब्यापक जनसम्पर्क अभियान

पर्सा पोस्ट, असार ०५ गते, रक्सौल। १२ औँ विश्व योग...

डि’ चिल्ड्रेन गार्डेन मन्टेसरीद्वारा दुई जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । वीरगञ्जस्थित...