पर्सा पोस्ट, चैत १२ गते, वीरगञ्ज।
बिरगञ्ज पब्लिक कलेज (BPC) को आयोजनामा तथा राउण्ड टेबल नेपाल (बिरगञ्ज राउण्ड टेबल ३) को सहकार्यमा आज भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्त अभाव हुने समयलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पानीटंकी स्थित पुरानो कलेजको मुख्य भवनमा बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा कुल ८१ जनाले रक्तदान गरेका थिए, जसमा ९ जना महिला दात्रीहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रममा आफ्नो अमुल्य रगत दिई सहयोग गर्नु हुने सुनित प्रविन , प्रिया कुमारी यादव , दिपा दास, कोमल कर्ण , जोत्सना शाक्य , बिनि कुमारी , अदिती चाचान , समिक्षा चौरसिया, संगीता महतो , कुनाल कार्की , रालभ हाडा , विशाल सापकोटा , निकित क्याल , अकलेश चौरसिया , सागर अग्रवाल , सुभाष ठाकुर , प्रिन्स ठाकुर हजाम , राहुल साह , आरिफ अन्सारी , तुलसी बहादुर तामाङ , अजय हजरा, सुरज कलवार , प्रवीण सरार्फ , कार्तिक सरार्फ , अब्दुल मन्सुरि , आदित्य चौधरी , सुरज कुमार पटेल , शिवम कुमार साह , उदय श्रीवास्तव , आरभ पटेल , राज सन , मनिष कुमार गिरि , युवराज गुप्ता , सुयस पटेल , राहुल ठाकुर , आदर्श पटेल , अभिनाष सरार्फ , अनमोल शुक्ला , निश्चल साह , सोनु गुप्ता , आयुष कर्ण , अलाउदिन हवारी , बिजय चौरसिया, सुरज साह , सुरज पटेल , मोहन शर्मा , आकाश कुमार पासवान , सुरज कुमार जैसवाल , आर्यन साह , सिद्धार्थ लामा , बिमल तामाङ , अभिषेख पोखरेल रहेका थिए ।
कार्यक्रमको उद्देश्य समुदायमा देखिँदै आएको रगतको अभावलाई न्यूनीकरण गर्नुका साथै मानवीय सेवामा सबैलाई प्रेरित गर्नु रहेको बताइएको छ। आयोजक संस्थाका अनुसार, एक जनाको रक्तदानले धेरै बिरामीहरूको जीवन बचाउन सक्ने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढ्दै गएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाताहरू, स्वास्थ्यकर्मी तथा आयोजक टिमप्रति कलेजले हार्दिक आभार व्यक्त गरेको छ।
“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नाराका साथ सम्पन्न भएको यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास लिइएको छ।