सनलाईट कप अन्तर – विधालय टि-२०क्रिकेट २०८२ सम्पन्न , विद्यासागर मा.बि. च्याम्पियन

Date:

पर्सा पोस्ट, मंसिर २९ गते, वीरगञ्ज ।
सनलाईट कप अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा सम्पन्न प्रतियोगिताको फाइनल खेल प्याब्सन पर्साका नगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, मधेश प्रदेशका सल्लाहकार इमामुदिन अहमद, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, जीवन ज्योती स्कुलका सञ्चालक शिव गुप्ता, अमित आलोक, विजय बल तथा रङराजन चौरसियालगायतको उपस्थिति रहेको थियो।

उक्त प्रतियोगितामा वीरगञ्जका १२ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। फाइनल खेल एम.ई.एस. मा.बि. र बिधासागर मा.बि.बीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भयो। टस जितेर बिधासागर मा.बि.ले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १३० रन बनाउँदै एम.ई.एस. मा.बि.लाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा एम.ई.एस. मा.बि. निर्धारित ओभरमा लक्ष्य पूरा गर्न असफल भएपछि बिधासागर मा.बि.ले १९ रनको अन्तरले जित हात पार्दै उपाधि कब्जा गर्न सफल भयो। फाइनल खेलको ‘म्यान अफ द म्याच’ बिधासागर मा.बि.का आकाश कुश्वाहा घोषित भए।

विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता सनलाईट स्कुलका सञ्चालक आलोक चौरसियाले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन तथा प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...