जगरनाथपुर गाउपालिकाको सुहपुरमा नि:सुल्क आँखा शिबिर , १४७ जनाको चेकजाँच गर्दा ३१ जनामा मोतियाबिन्द फेला

Date:

पर्सा पोस्ट , मंसिर २३ गते , बिरगंज ।
सोमवार जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित जनमत पार्टी कार्यालयको ग्राउण्डमा आयोजित निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जनमत पार्टीको आयोजना तथा सामुदायिक आँखा केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न शिविरको नेतृत्व समाजसेवी बृजेश्वर प्रसाद चौधरीले गर्नुभएको थियो।

शिविरमा आँखा परीक्षण गरिएका सेवाग्राहीमध्ये कुल १४७ जना लाभान्वित भएका छन्। परीक्षणका क्रममा ३१ जनामा मोतियाविन्दको लक्षण भेटिएको छ भने २३ जनालाई निशुल्क आँखा ड्रप वितरण गरिएको शिविरका संयोजक राजेश चौधरीले जानकारी गराए।

मोतियाविन्द देखिएका बिरामीहरूको आउँदो बुधबार (२४ गते) वीरगञ्जमा निशुल्क शल्यक्रिया गरिने पनि चौधरीले बताए।

स्थानीय बासिन्दाहरूले यस्तो स्वास्थ्य–केंद्रित सेवा आउँदा समुदायलाई ठूलो राहत भएको टिप्पणी गरेका छन्।समाजसेवी बृजेश्वर प्रसाद चौधरीका भनाई अनुसार आउने दिनमा पनि निरन्तर यस्तो किसिमका आयोजना एवं सेवाहरु गर्दै जाने वाचा समेत गर्नु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...