मिटर ब्याज र लघुवित्त विरुद्ध देश्व्यापि आन्दोलनको तयारी : बिरगंजमा सन्युक्त भेला तथा प्रशिक्षण सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक २४ गते, वीरगंज ।
बीरगंज आदर्शनगरस्थित रानीसती धर्मशालामा संयुक्त जन अधिकार आन्दोलन नेपाल, मिटर ब्याज संघर्ष समिति, र लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको संयुक्त आयोजनामा “संयुक्त भेला तथा एकदिने प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले हाल देशभर मिटर ब्याज र लघुवित संस्थामार्फत जनसाधारणमाथि भइरहेको आर्थिक शोषण असह्य अवस्थामा पुगेको बताउनुभयो। उहाँले पीडितहरूलाई एकताबद्ध भई आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो — “सरकारले वर्षौंदेखि मिटर ब्याज र लघुवित पीडितका समस्या समाधान गर्छौं भन्ने घोषणा गर्दै आएको छ, तर वास्तविक पीडित अझै पीडामा छन्। अब हामी मौन बस्ने छैनौं, एकजुट भएर देशव्यापी आन्दोलन गर्नेछौं।”

ज्ञवालीले वित्तीय संस्थाहरूले गरीब जनतालाई ऋणको नाममा दोहन गरेको आरोप लगाउँदै कानूनी तथा सामाजिक दुवै स्तरमा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो। साथै, उहाँले केन्द्रदेखि स्थानीय तहसम्म संगठन सुदृढ पार्ने घोषणा गर्नुभयो।

कार्यक्रममा किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा, समिति नेपालका रामेश सेन्चुरी, किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविनलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता पर्सा जिल्ला अध्यक्ष शिव साह तेलीले गर्नुभएको थियो। उक्त कार्यक्रममा पर्सा, बारा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाबाट करिब ५ सयभन्दा बढी मिटर ब्याज पीडितहरू सहभागी भएका थिए।

प्रशिक्षण सत्रमा सहभागीहरूलाई संगठन सुदृढीकरण, कानूनी सचेतना र आर्थिक अधिकार संरक्षणका उपायहरू सम्बन्धी विस्तृत जानकारी दिइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...