उदाउँदो सूर्यलाई अर्ध्य दिएर छठी मैयाँ पर्व विधिवत सम्पन्न

Date:

पर्सा पोस्ट, कार्तिक १२ गते, वीरगञ्ज। चार दिनसम्म श्रद्धा, आस्था र सूर्य उपासनासँग सम्बन्धित पर्व छठी मैयाँ आज उदाउँदो सूर्य (उषाकालीन अर्घ्य)लाई अर्घ्य अर्पण गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ।
व्रतालुहरूले बिहानै नदी, पोखरी र तलाउमा स्नान गरी सूर्य भगवानलाई दूध, जल, गँगाजल, ठेकुआ, फलफूल लगायतका सामग्रीसहित पूजा अर्चना गरेका थिए। वीरगञ्जका घडिअर्वा पोखरी, रानीघाट, माईधिया, श्रीपुर र आदर्शनगरलगायतका प्रमुख छठघाटहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको थियो।

सूर्य भगवान र छठी मैयाँप्रति कृतज्ञता व्यक्त गर्दै व्रतालुहरूले परिवारको दीर्घायु, सुख–शान्ति र समृद्धिको कामना गरेका छन्। स्थानीय प्रशासन, प्रहरी र स्वयंसेवक समूहहरू सक्रिय रहँदा छठपर्व शान्तिपूर्ण र भव्य रूपमा सम्पन्न भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...