छपकैया छठघाटमा सरसफाइ तथा प्रहरी समुदाय साझेदारी कार्यक्रम सम्पन्न

Date:

पर्सा पोस्ट, कात्तिक ०८ गते, वीरगंज। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया, वडा नं.–२ द्वारा हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा छपकैया पोखरी छठघाट सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

सो अवसरमा हालै विर्ता वडा प्रहरी कार्यालयमा कार्यभार सम्हाल्न आएका प्रहरी निरीक्षक विक्रम सुवेदीलाई स्वागत तथा परिचयात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो।

कार्यक्रमका अध्यक्ष सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी गर्यासुदिन ठकुराई रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिका–२ का वडा अध्यक्ष रेयाज मिया उपस्थित रहनुभएको थियो।

कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु , समाजसेवी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।

वक्ताहरूले छठ पर्वले सामुदायिक एकता, सहकार्य र धार्मिक सौहार्द सुदृढ पार्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै प्रहरी र समुदायबीचको सहकार्य अझ सबल र विश्वासिलो बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक विक्रम सुवेदीले स्थानीय समुदायसँग सहकार्यमा रहँदै शान्ति, सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम राख्न प्रतिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

त्यस्तै वडा अध्यक्ष रेयाज मियाले छठ पर्व जस्तो साझा सांस्कृतिक पर्वमा सबै धर्म र समुदायबीचको एकता तथा सद्भाव कायम राख्न समुदाय–प्रहरी साझेदारीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...