उपभोक्ता हित संरक्षण मञ्च पर्साको अपिल : ” धमिलो पानीमा कसैले पनि माछा नमारौ, उपभोक्ताको अधिकारलाई सर्वोपरि मानौँ “

Date:

पर्सा पोस्ट, भदौ २८ गते , वीरगञ्ज । देश अहिले दम्भी, स्वेच्छाचारी र महाज्ञानी शासकको कारण अकल्पनीय पीडा, दुःख, अर्बौंको मानवीय क्षति र भौतिक क्षतिको प्रसव पीडाबाट गुज्रिरहेको अवस्थामा उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले एक प्रेस विज्ञप्ति जारी गरेको छ।

शनिबार जारी  गरिएको विज्ञप्तिमा आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते सम्पूर्ण युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।
जिल्ला उपाध्यक्ष एवं प्रवक्ता अजित कुमार भुजेलले हस्ताक्षर गरेको विज्ञप्तिमा त्यस्तै, वर्तमान विषम परिस्थितिमा जिम्मेवार नागरिक, उद्योगपति, व्यवसायी, व्यवसायिक संघ–संस्था, सर्वसाधारण तथा नियामक निकायलाई स्वनियमनमार्फत व्यवसायमा उचित नाफा लिँदै उपभोक्तालाई वस्तु तथा सेवा उपलब्ध गराउन आग्रह गरिएको छ।

“धमिलो पानीमा कसैले पनि माछा मार्ने प्रयास नगरौँ। सबै कानुनभन्दा माथि कानुन छ भन्ने कुरालाई मनन गरौँ। बजारलाई स्वच्छ र व्यवस्थित बनाउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरौँ,” विज्ञप्तिमा भनिएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला कार्य समिति पर्साले व्यवसायीहरूलाई जिम्मेवार ढंगले अगाडि बढ्न र उपभोक्ताको अधिकारलाई सर्वोपरि मान्न विशेष अपिल गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...