३३ लाखको लागतमा ड्राईपोर्ट बगहि जोडने सडकमा कल्भर्ट निर्माणको शिलान्यास मेयर सिंहले गरे

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । कल्भर्ट नहुँदा आउजाउमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा कल्भर्ट निर्माणको काम सुरु गरेको हो ।

ग्रामिण क्षेत्रका वासिन्दालाई आउजाउमा सहज होस भनेर कल्भर्ट निर्माणको काम अघि बढाएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो । कल्भर्ट निर्माणको आज एक कार्यक्रमका बीच महानगर प्रमुख सिंहले शिलान्यास गर्नुभयो ।

३३ लाखको बजेटमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरपालिकाका योजना प्रमुख अवधेश कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, स्थानीय युवा, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...