बिरगंजको छ्पकैया ईदगाह चौकमा पबित्र रमजानको अवसरमा सामुहिक ईफ्तार

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा न.२ छपकैया स्थित ईदगाह चौकमा पवित्र रमजानको अवसरमा इफ्तार कार्यक्रमको आयोजना गरिएको छ।

आइतबार सम्पन्न सो इफ्तार कार्यक्रममा विभिन्न वर्गका जनसमुदाय तथा स्थानीय राजनीतिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।इफ्तार कार्यक्रममा सहभागी भएका माओवादी नेता तथा मधेस प्रदेश सांसद रहबर अन्सारीले एकता, सद्भाव, र परोपकारको महत्वलाई जोड दिँदै सबै समुदायजनलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “रमजान केवल भोक र तिर्खा सहन गर्ने महिना होइन, यो आत्मशुद्धि, सेवा, र सहनशीलताको समय हो। यस महिनाले हामीलाई गरिब, असहाय, र अभावग्रस्त मानिसहरूप्रति दया देखाउने प्रेरणा दिन्छ।

उनले समाजमा शान्ति, सद्भाव, र परस्पर सम्मान फैलाउने जिम्मेवारी सबैको रहेको उल्लेख गर्दै धर्म, जात, र संस्कृतिभन्दा माथि उठेर एकता र भाइचारा नै समाजको वास्तविक बल भएको धारणा व्यक्त गरे। इफ्तार कार्यक्रममा स्थानीय नागरिकहरूका साथै विभिन्न सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले सामाजिक मेलमिलाप र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गरेको आयोजकहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...