अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) नेपालको शनिवार बिहान सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले ५५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ।
यही फागुन १५ गतेदेखि शुरू भएको महाधिवेशनमा सर्वसम्मतले अध्यक्ष गीता क्षेत्री राणा पुनः अध्यक्षमा निर्वाचित भएकी छन्। सर्वसम्मतबाटै वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, बजेन्द्र मिश्र, सुबोध डाँगी, कमलबहादुर सिंह, उपाध्यक्ष तिलकबहादुर चौहान, कुमारबहादुर भट्टराई, डम्बरबहादुर कार्की, कुसुम रानाभाट, कृष्णकुमार उप्रेती, धर्मराज रेग्मी, डा.नन्दन यादव, महासचिव प्रताप बहादुर थापा र कोषाध्यक्षमा कुबेर बस्नेत निर्वाचित भएका छन्।
यसैगरी उपमहासचिव कृष्णप्रसाद पौडेल, वामदेव न्यौपाने, सहकोषाध्यक्ष महेन्द्र पुन, शिवदत्त तिवारी, सचिव अलिमहमद अन्सारी र सदस्यमा राजु रोकाया, राजु पाण्डे, विक्रम ढुकुछु, प्रकाश गौरे, इन्द्रदेव साह, सन्तबहादुर तामाङ, चूडामणि बुढाथोकी, श्यामबहादुर कुँवर, तेन्जी भोटियालगायत सर्वसम्मत चयन भएका छन्।
५२ सदस्य सर्वसम्मत निर्वाचित भएका र तीनजना सदस्यलाई मनोनीत गरी कुल ५५ सदस्यीय कार्यसमिति बनेको एन प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठले बताए।