बिगत ६ बर्षदेखि मां अन्नपूर्णा निसुल्क भोजन शिबिरले निसुल्क भोजन गराउदै

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा नम्बर ६ गेट प्रवेश द्वारको छेउमा एवं रोड नम्बर ३ स्थितमा अन्नपुर्णा निशुल्क भोजन शिविर सम्पन्न भएको छ।

आयोजकका अनुसार प्रत्येक महिनाको अन्तिम शनिबारका दिन उक्त निशुल्क भोजन शिविर सन्चालन हुने गरिन्छ। मां अन्नपुर्णा निशुल्क भोजन शिविर कार्यक्रम माघ महिनाको अन्तिम शनिबार आज सभ्य एवं भव्य रुपले आयोजना सम्पन्न गरेको छ । बिगत ६ बर्ष देखि साथि भाइहरुको ससानो सहयोगले शुरु गरिएको र बर्तमान समयसम्म जारी रहेको सो निशुल्क भोजन शिविरमा स्थानिय रिक्सावाला , ठेलावाला, ईरिक्सा चालकहरु, असहाय एवं बिपन्नहरुको साथै बाहिरबाट आउने जाने बटुवा पर्यटकहरुलाई निशुल्क भोजन खुवाउने गरेको र आज करिब २५० जनालाई सेवा प्रदान गरेको  समितिका कोषाध्यक्ष लेखनाथ टिबडेवालले बताउनु भयो ।

यो निशुल्क भोजन कार्यक्रम बिगत ६ बर्ष देखि चल्दै आएको अध्यक्ष हरेन्द्र कुर्मीले जानकारी गराएका थिए। आजको निशुल्क भोजन कार्यक्रममा अध्यक्ष हरेन्द्र कुर्मी,पवन शर्मा, हुकुम सिंह राजपुत, डा. हरेराम ठाकुर , सियाराम ठाकुर,लालबाबु सिंह,राहुल सिंह राजपुत,राजेन्द्र भट्टराई , कन्हैया पटेल ,अभिलाष गुप्ता ,अशोक श्रेष्ठ ,सकल पडित लगायतले सेवा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गौतम माबिमा ” विद्यार्थी उपलब्धि सम्मान समारोह ” सम्पन्न

पर्सा पोस्ट , असार १० गते , वीरगञ्ज । वीरगञ्जस्थित...

प्रयास , धर्म र बिश्वासले सफलता सुनिश्चित गर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट । असार १० गते । रक्सौल, पूर्वी...

सकारात्मक सोच , बिश्वास र मानवताले जिवनलाई सहि दिशा दिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट, असार १० गते, रक्सौल (पूर्वी चम्पारण)। सामाजिक कार्यकर्ता...