अजित कुमार भुजेल , बिरगंज । अनेरास्ववियु ( क्रान्तिकारी ) बिरगंज महानगर समितिको दोस्रो सम्मेलन बिरगंजको रामगढवामा रहेको कुर्मी सेवा सदनमा सम्पन्न भएको छ ।
” शिक्षा, स्वास्थ्य र रोजगारीको लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा भन्ने मुल नाराका साथ अनेरास्ववियु( क्रान्तिकारी ) बीरगंज महानगर समितिको दोस्रो सम्मेलनले रामबाबु मण्डललाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ।
अनेरास्ववियु ( क्रान्तिकारी ) बीरगंज महानगर समितिका अध्यक्ष विवेक साहको अध्यक्षता तथा अनेरास्ववियु ( क्रान्तिकारी ) केन्द्रीय उपमहासचिव प्रभाकार गुप्ताको प्रमुख आतिथ्य भएको सो सम्मेलनमा अनेरास्ववियु ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य एवं पर्सा जिल्लाका वरिष्ठ उपाध्यक्ष हिमाल कुवर , नेकपा माओवादी केन्द्र पर्साका जिल्ला इन्चार्ज बिजय महतो , प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय सचिव शिवम साह, मधेस प्रदेश सचिब जुबेर आलम , जिल्ला अध्यक्ष कबिराज पटेल , प्रेस सेन्टर मधेस प्रदेश सचिव मुनेश लायोमगर, वाइसीएल जिल्ला इन्चार्ज सन्तोष पटेल ,वाइसीएल जिल्ला संयोजक दिपेन्द्र सिंह पटेल, पुर्व जिल्ला अध्यक्ष पिन्टु रौनियार ,राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी पर्सा अध्यक्ष शिवहरि तिवारी ,प्रदेश सचिव जुवेर आलमले सम्मेलनको सफलताको कामना गदै शिक्षा क्षेत्रमा भइरहेको विकृति भ्रष्टाचारको बारेमा विद्यार्थी अगाडि बढन सुझाव दिदै कामना गरेका थिए।
आज भएको दोस्रो सम्मेलनले रामबाबु मण्डलको अध्यक्षतामा २१ सदस्य अनेरास्ववियु क्रान्तिकारी बीरगंज महानगर समिति चयन गरेको छ।
समितिको उपाध्यक्षहरु तौसिफ अन्सारी ,राजु सरार्फ,सुरज सिंह महिला उपाध्यक्ष रजनी सरार्फ,सचिवहरु सम्शेद अन्सारी ,विवेक गुप्ता ,कौशर अहमद ,राजन बैठा,कमलेश पटेल कोषाध्यक्ष आचल झा लगायत रहेका छन् भने बाकी पदाधिकारीहरु पछि थप गर्ने निर्णय भएको केन्द्रीय सदस्य मिरोज अहमदले जानकारी दिएका छन् ।