अजित कुमार भुजेल , बिरगंज। अल्पाईन माबिद्वारा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिलाई टिसर्ट सहयोग गरेको छ ।
बिरगंज वडा न.११ श्रीपुर दुर्गाटोल स्थित अल्पाईन माबिकाका डाईरेक्टर बिनोद उपाध्यायले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निता थापा र प्रहरी नायब निरीक्षक स्वप्रिल देवकोटाको विशेष उपस्थितिमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लिका सचिव कुल नारायण प्रधान ( दिलिप ) लाई स्कुल प्राङ्गणमै १७ वटा टिसर्ट हस्तान्तरण गर्नु भएको थियो ।
त्यसैगरि महिला सदस्यहरुको लागि साडि पनि चाडै उपलब्ध गराउने अल्पाईन माबिका डाईरेक्टर बिनोद उपाध्यायले प्रतिबद्धता व्यक्त गरेका थिए ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ ले आजै आफ्ना कार्यसमिति सदस्यहरु र प्रहरीलाई सो टिसर्ट वितरण गरेको सचिब कुल नारायण प्रधानले जानकारी दिनुभयो ।
सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिले विभिन्न सामाजिक कार्य तथा बिधालय स्तरमा पुगेर जनचेतनामूलक कार्यक्रम गदै आइरहेकोमा आगामी दिनमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी समेत रहेको सचिव प्रधानले बताए ।
अल्पाईन माविका डाईरेक्टर विनोद उपाध्यायले सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिले अहिले आफ्नो कलेज र बिधालय स्तरमा अध्यापन गरिरहेका विद्यार्थीहरु लागू औंषध देखि लिएर साइबर क्राइम तथा अन्य यौनजन्य हिंसा लगायतको बारेमा बेलाबखत जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई सचेत गराउने काम भइरहेकोमा आफुलाई धेरै खुशी लागेको बताउदै यस्ता कार्यक्रमले आफू धेरै प्रभावित भएकोले आउने दिनमा पनि सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिलाई सहयोग गर्ने समेत स्कुलका डाईरेक्टर उपाध्यायले बताए ।
आजै सोहि कार्यक्रममा अल्पाईन माबिले आयोजना गरेको मेहदि प्रतियोगितामा बिजेता छात्राहरुलाई सम्मानपत्र प्रदान गरेको थियो ।
मेहदि लगाउने प्रतियोगितामा पहिलो , दोस्रो , तेस्रो र चौथो हुने छात्राहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक निता थापाले सम्मानपत्र प्रदान गरेकि थिईन ।
सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिका सचिव कुलनारायण प्रधान ( दिलिप ) , आजिवन सदस्य बृजेश अग्रवाल , सदस्यहरु ऎनुल हक देवान , निर्मल ताम्राकार , प्रमिला शाहि , रोशनी लुङेलि , मधु सिंह राजपुत , प्रहरी हवल्दार सुभाष प्रसाद यादव , प्रहरी जवान राजु चौरसिया , अबिनेश राय लगायतको सहभागीता रहेको थियो ।