एसिड पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ” यहि भदौ ७ गते देशभरि नै एकै साथ प्रदर्शन हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । तेजाब पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ” यहि भदौ ७ गते शुक्रबार  नेपाल भरि एकैसाथ प्रदर्शन हुने चलचित्रका निर्माता एवं निर्देशक रमित ढुङ्गानाले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनु भएको थियो ।

बिरगंजको होटेल कन्ट्रिईन आज पत्रकार सम्मेलन गर्दै निर्देशक ढुङ्गानाले यस  फिल्ममा मुख्य गरि एसिड् आक्रमणमा परेका व्यक्तिहरुको  पीडा र कहिले पनि शारीरिक र मानसिक रुपमा”  नमेटिने घाउ ” को बारेमा र एसिड आक्रमण गर्नेहरुलाई सरकारले आजिवन कैदको सजाय हुनु पर्ने माग सहित तयार पारिएको यो फिल्म सबैले एक चोटि हेर्नै पर्ने निर्देशक ढुङ्गानाले बताए ।

यो चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पिडितहरुको कथालाई समेटेर तयार पारेको फिल्म हो ।

यसमा प्रधानमन्त्री केपि शर्मा ओलि , पुर्व प्रधानमन्त्री माधव नेपाल , प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल , राप्रपाका नेता ज्ञानेन्द्र शाहि , एसिड पीडित मुस्कान खातुन , प्राप्ति पौडेल , लिजा कोरानि , रोजल थापा, कमल देवकोटा लगायत १२५ जनाले अभिनय गरेको बताए ।

३ करोडको लागतमा निर्माण गरेको फिल्म ५८ दिनमा तयार गरेको बताए । अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण गरेको यो चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा छ ।निरज कन्डेलको छायांकन , बनिश साहको सम्पादन , ओम सुनारको संगीत र किरण ढकालको एक्सन रहेको छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिश्व योग दिवसलाई भब्य बनाउन रक्सौलमा ब्यापक जनसम्पर्क अभियान

पर्सा पोस्ट, असार ०५ गते, रक्सौल। १२ औँ विश्व योग...

डि’ चिल्ड्रेन गार्डेन मन्टेसरीद्वारा दुई जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । वीरगञ्जस्थित...