अजित कुमार भुजेल , बिरगंज । नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्शिकोत्सवको अवसरमा बिरगंज वडा न.१५ स्थित भिस्वा डाडा परिसरमा सरसफाइ गरि कार्यक्रम सम्पन्न गरेको छ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘‘नेपाल प्रहरी श्रीमती संघको ४० औं बार्षिकोत्सवको अवसरमा” जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साको संयुक्त आयोजनामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लिका सचिब कुल नारायण प्रधान ( दिलिप ) ले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको प्रमुख आतिथ्यमा बिरगंज महनागरपालिका वडा नं.१५ स्थित भिष्वा डाँडा परिसर भित्र रहेको बुद्ध विहारको सरसफाइ गरिएको थियो ।
सो सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्र.नि. निता थापा,प्र.नि. रोशन थापा,प्र.ना.नि.स्वप्नील देवकोटा,वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्र.ब.ना.नि.गोरख बहादुर शाही,सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधान ( दिलिप ) ,सदस्य निर्मल ताम्रकार, मधु सिहं राजपुत,प्रहरी चौकी भिष्वा डाँडाका प्र.स.नि.गौरीशंकर यादव,ब्यवस्थित बिरगंज अभियान पर्साका संयोजक दिलीप राज कार्की,सामुदायिक सेवा केन्द्र छपकैया पर्साका संयोजक श्याम शर्मा,सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका प्र.ह.सुभाष प्रसाद यादव,प्र.स.ह.लालु माया महतो,प्र.ज.राजु चौरसिया, स्थानियवासि , समाजसेवी , प्रहरी कर्मचारीहरुको समेत सहभागितामा रहेको थियो