अजित कुमार भुजेल , बिरगंज । नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्शिकोत्सवको अवसरमा बिरगंजको गहवामाई मन्दिर प्राङ्गणमा सरसफाई गरि मनाएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्साको सँयुक्त आयोजनामा बिरगंज वडा न.०६ मा रहेको गहवामाई मन्दिर प्राङ्गणमा बृहत सरसफाई गरेको प्रकाश खेतानले जानकारी दिनु भयो।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख उपरीक्षक कुमोध ढुङ्गेलको प्रमुख आतिथ्यमा भएको सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक रोशन थापा, प्रहरी नायब निरीक्षक राजाराम यादव , प्रनानि धुर्व साह , रुङ्ग्टा वेलफेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुङ्ग्टा , बिरगंज महानगर पालिकाका सरसफाइ प्रमुख सरफुदिन मिया, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष सन्जय शर्मा , सदस्य सुशिल कादमिया, रतन टेमानि , त्रिलोक चन्द दारुका, चन्द्र अग्रवाल , सामुदायिक सेवा केन्द्र मिनाबजारका सचिब ग्यासुदिन मिया देवान , प्रहरी सहायक निरीक्षक मिना बडाल , ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका ईन्चार्ज प्रहरी वरिष्ठ हवल्दार बिबेक राउत कुर्मी , प्रहरी जवान अम्मर सिंह साउद र पुर्ण कुमारि श्रेष्ठ , नागरिक समाज , समाजसेवी, सुरक्षाकर्मी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।