प्रतिबन्धित लागु औंषध सहित बारा कोल्बिका दुई जना पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औंषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउसो अन्दाजी ३:३० बजे जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं.१६ ईनर्वागाँउ स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउबाट खटिएको चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकाष्पदरूपमा पैदल आउँदै गरेका बारा जिल्ला कोल्बि नगरपालिका वडा न.७ बस्ने बर्ष २१ को अनिल पौडेल र सोहि ठाउ बस्ने बर्ष २० को प्रेरणा पौडेललाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा  निजहरूले बोकेको कालो जेब्रा झोलाभित्र Nitravet-10 लेखिएको २९४ पिस ट्याब्लेट फेला परेको हुँदा निजहरूलाई पक्राउ गरि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतिले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...