त्रिशुलि नदिमा खसेको बसमा रहेका यात्रुको शव फेला, बैक कार्डको आधारमा मृतक ऋषिपाल साह भएको पुस्टि

Date:

अजित कुमार भुजेल , बिरगंज । त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ।

शनिबार बिहान भरतपुर महानगरपालिका- २८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

मृत भेटिएका युवक ऋषिपाल साह रहेको डिएसपी रिजालले जानकारी दिए। उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो। उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन।

शनिबार  दोस्रो दिन बिहान सिमलतालबाट सुरक्षाकर्मीहरूले बेपत्ता गाडी र शव खोजी सुरू गर्दा त्यहाँ बेपत्ता भएकाहरू आफन्त जम्मा भएका थिए।

गोलाघाटमा एकजनाको शव भेटिएको र मृतक ऋषिपाल साह रहेको जानकारी गराएपछि त्यहाँ उपस्थित बेपत्ता
भएकाहरूका आफन्त मध्यका एक  युवक ऋषि आफ्नो दाइ रहेको बताउँदै गोलाघाटतर्फ गएको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...