बिरगंज महानगरका मेयर सिंह र वाराणसि नगर निगमका मेयर तिवारी बीच भेटवार्ता ,

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले भारतको धार्मिक पर्यटकिय वाराणसि नगर निगमका मेयर अशोक कुमार तिवारी सित भेटवार्ता गर्नु भएको छ ।

शनिबार बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित पुगेका प्रतिनिधिमन्डललाई वाराणसि नगर निगमको कार्यकक्षमा मेयर अशोक कुमार तिवारीले स्वागत गर्दै सम्मान गर्नु भएको थियो ।
मेयर सिंहले वाराणसिका मेयर तिवारीलाई रुद्राक्षको माला ,खादा र टोपी लगाएर सम्मान गर्नु भएको थियो । भेटघाटमा बिरगंजलाई धार्मिक पर्यटकिय शहर बनाउने सम्बन्धमा छलफल भएको थियो ।

त्यसैगरि सिंहले भारतको धार्मिक पर्यटकिय वाराणसि स्थित नेपाली सस्कृत महाबिधालयमा वेद , व्याकरण , शास्त्र र सस्कृत अध्यनरत नेपाली विद्यार्थीहरु सित भेटबार्ता गर्नु भएको छ ।

शनिबार बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सम्पुर्णानन्द सस्कृत बिश्वबिधालय वाराणसिका विद्यार्थीहरु र प्राचार्य सित भेट गर्न पुग्दा विद्यार्थीहरुले वैदिक मन्त्र उच्चारण गरि स्वागत गरेका थिए ।

भेटको क्रममा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराई , महानगरपालिकाका सदभावना दुत अशोक बैध , वडा अध्यक्षहरु रमेश यादव , प्रदिप चौरसिया, जगत साह कानु , प्रमुखका सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४० विद्यार्थी सम्मानित

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज ।  निजी तथा...

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना , अब मधेसमै सहज उपचार सेवा

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । हिमोफिलिया सोसाइटी नेपालको...