उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साद्वारा महानगर पालिकालाई सूचनाको हक सम्बन्धि निवेदन दर्ता गराए

Date:

अजित कुमार भुजेल , बिरगंज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले बिहीबार बिरगंज महानगरपालिका सङ्ग सूचनाको हक सम्बन्धि निवेदन दर्ता गराएको छ ।

निवेदनमा मञ्चले बिरगंज महानगर पालिकाको च. न. १०१९५ मिति २०८१/३/४ गते यातायात व्यवस्था सेवा कार्यालय बिरगंज पर्साको नाममा कम्तीमा ३ बर्षका लागि तिन पाङ्ग्रे सवारी साधनहरु दर्ता प्रक्रिया रोक्नका लागि बिरगंज महानगर पालिकाले पत्र पठाएको थियो ।

त्यसैगरि २०८१/२/४ गतेको महानगर प्रमुख स्तरीय निर्णयबाट पत्र पठाईएको निर्णयको प्रमाणित प्रतिलिपी तथा यातायात सेवा कार्यालय बिरगंज पर्सालाई पठाएको पत्रको प्रमाणित प्रतिलिपी समेत यस सस्थालाई अध्यायन प्रयोजनका लागि आवस्यक भएकोले सूचनाको हक सम्बन्धि ऎन २०६४ को दफा ३ र ७ को व्यवस्थानुसार उपलब्ध गराउन हुनको लागि निवेदन दिएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका पर्सा अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर बिरगंज महानगरले यस्तो पत्र लेख्न मिल्छ र ? आफ्नो महानगर कस्तो बनाउने,कतिवटा साना ठुला सार्वजनिक यातायातका साधन चलाउन दर्ता गर्ने,रुट पर्मिट दिने,आफ्नो नगरमा रहेको साना बाटोहरुलाइ चौडा गर्ने निति र कार्यक्रम नल्याउने । यातायात कार्यालयमा दर्ता हुने सबै तिन पाङ्ग्रे साधन बिरगंज मै चल्छ भन्ने छ र ? अरु जिल्लामा दर्ता भएर जाने साधनलाई ३ वर्ष सम्म दर्ता नगर्नु भन्न महानगरले पाउछ र ? आफुले रोजगारि दिनुको साटो पुजि लगाएर तिन पाङ्ग्रे साधन बिक्रि बितरण गर्ने ब्यवसायिको रोजगारि छिन्न मिल्छ र ? यि सब कार्यका बिरुद्ध यस संस्थाले सुचनाको हक दर्ता गराइएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...