अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको संयोजक तथा उप प्रमुख इम्तियाज आलमको निर्देशनमा शुक्रबार पनि बजार अनुगमन भएको छ ।
बजार ब्यवस्थापन समितिका पदाधिकारीहरुद्वारा आज बिरगंज स्थित ३ पेट्रोलपम्प र २ वटा फलफूलको थोक पसलमा अनुगमन गरेको थियो ।
अनुगमन गर्ने क्रममा बिरगंज वडा न.१५ स्थित बाईपासरोडमा रहेको सुभलाभ ट्रेड कन्सर्न , वडा न.१६ नगवा चौक स्थित पशुपती पेट्रोल पम्प र छ्पकैया वडा न.२ स्थित श्री दुर्गा आयल्समा अनुगमन गरेको थियो ।
अनुगमन टोलिले अनुगमन गर्दा तिनै वटा पेट्रोल पम्पमा व्यवसाय दर्ता प्रमाणपत्रहरु नवीकरण रहेको , सम्पुर्ण कागजात दुरुस्त रहेको पाईएको , मुल्यसुचि समेत सबैले देख्ने गरि राखिएको थियो भने डिजेल र पेट्रोलको मापलिन्दा मापदण्ड भित्र रहेको ,पम्पको शिलको अवस्था राम्रो रहेको र पेट्रोल पम्पको नक्सा समेत पास रहेको देखियो ।
त्यसैगरि आजै बिरगंज वडा न.८ गहवा रेल्वेरोड स्थित शंकरमोच फुट ट्रेडर्समा अनुगमन गर्ने क्रममा ब्यवसाय प्रमाणपत्र र अन्य कागजात सबै ठिक रहेको तर मुल्यसूचि अपडेट नरहेकोले सबैले देख्ने गरि मुल्यसुचि राख्न र फलफुलहरुमा( आँप) मा बिषादि प्रयोग भएकोले आईन्दा त्यस्तो बिषादियुक्त आँप तथा फलफुल बिक्रि बितरण नगर्न गरे कानुनी कार्वाही गरिने निर्देशन दिईएको थियो ।
बिरगंज -८ रेल्वेरोड स्थित चादनी फुट ट्रेडर्समा पनि अनुगमन टोलिले अनुगमन गर्नेक्रममा बिरगंज महानगर पालिकाको व्यवसाय प्रमाणपत्र नलिएकोले ३ दिन भित्र व्यवसाय प्रमाणपत्र लिन र कार्वाईट बिषादि प्रयोग गरेको आँप तथा फलफुल बिक्रि बितरण गरेकोले अब उपरान्त बिक्रि बितरण गरेको पाईएमा नियमानुसार कार्वाही गरिने समेत बताए।
अनुगमनमा बिरगंज महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत विपिन कुमार लाल दास, उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजित कुमार भुजेल, गुणस्तर तथा नाप तौल कार्यालय बिरगंजका शुसान्त चौधरी , आनन्द गुप्ता , सन्दिप कुमार चौधरी , वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका मधुरेश प्रसाद साह, बिरगंज उद्योग वाणिज्य संघका मनोज कुमार दास , घरेलुु तथा साना उद्योग बिरगंजका सन्जय महतो , प्रहरी सहायक निरीक्षक वृजकिशोर यादव , सशस्त्र प्रहरी हवल्दार शशी देवकोटा, बिरगंज महानगरपालिकाका नगर प्रहरीहरुको समेत सहभागिता रहेको थियो ।