अजित कुमार भुजेल , बिरगंज । एक महिने आधारभूत सान्केतिक भाषा तालिमको उद्घाटन सम्पन्न भएको छ ।
पर्सा बहिरा संघ बिरगंजको आयोजनामा तथा बिरगंज महानगर पालिकाको सहयोगमा बिरगंज महानगर पालिका वडा न.१७ अलौको श्री द्वारदेबि माबिमा पर्सा बहिरा संघका अध्यक्ष समिक्षा सापकोटाको अध्यक्षता भएको सो कार्यक्रमको उद्घाटन वडा न.१७ अलौका वडा सदस्य खुब लाल महराले गरेका थिए ।
सान्केतिक भाषा कान नसुन्नेको लागि मात्र नभैई घरपरिवार समाज र सार्वजनिक स्थानमा कानसुन्नेहरुले पनि यो भाषा सिक्न जरुरी भएको प्रमुख अतिथि महराले बताए ।
सर्वसाधारण मानिसले सान्केतिक भाषा नबुझ्दा बहिरा ( कान नसुन्ने ) हरुले आफ्नो मनका कुरा र केहि कुरा भन्न खोज्दा समस्या हुने भएकोले अहिलेको यो एक महिने आधारभूत सान्केतिक भाषा तालिमले सहज हुने बिश्वास व्यक्त गर्नु हुदै सफलताको समेत सुभकामना दिनु भएको थियो ।
सो उद्घाटन कार्यक्रममा पर्सा बहिरा संघका सल्लाहकार सगुन श्रेष्ठ , संघका उपाध्यक्ष उमेश कुमार गुप्ता , सचिब अजय कर्ण , कोषाध्यक्ष जुल्फकार अन्सारी , सदस्य प्रभात कुमार मिश्र , जगदीश कामति , शिल्पा कर्ण , आरजो खान , कृष्ण टिबडेवाल , स्कुलका शिक्षक शिक्षिका , स्थानियहरु , अभिभावकहरु , बहिरा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन दोभाषे अर्चना कर्णले गर्नु भएको थियो ।