बिरगंजमा जारि जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि युनिट युवा क्लबले उचाले

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको  उपाधी युनिट युवा क्लब श्रीसियाले उचालेको छ ।

पर्सा जिल्ला फुटबल संघको आयोजनामा भएको  प्रतियोगितामा भेट्रान्स सिटि क्लब बिरगंजलाई युनिट युवा क्लबले ३-२ गोलअन्तरले पराजित गरेको थियो ।

आदर्शनगर खेल मैदानमा शनिबार भएको फाइनल खेलमा खेलको ८ औं मिनेटमा भेट्रान्स सिटि क्लबका रवि चौधरीले पहिलो गोल गरे । सुरु देखि रोमाञ्चक बनेको खेलमा भेट्रान्स सिटि क्लबका खेलाडीले आफैले आत्मघाती गोल गरेर बराबरीमा पुर्याए । युनिट युवा क्लबका खेलाडी २५ औं मिनेटमा सुनिल गुरुङले आफ्नो टिमको लागि दोस्रो गोल गरेका हुन् ।

दोस्रो गोल गरेको युनिटी युवा क्लबले खेलको २६ औं मिनेटमा दोस्रो गोल खाएको हो । उक्त गोल भेट्रान्स सिटि क्लबका रवि चौधरीले गरे । दुई ( दुई गोलको बराबरीमा पुगेको खेलमा २९ औं मिनेटम युनिटी युवा क्लबका रेमन डंगोलले गरे । आजको खेलमा म्यान अफ दि म्याद युनिटि युवा क्लबका रेमन डंगोलले घोषित भए ।
लिगका विजेता र उपविजेता टिमले शिल्ड ,मेडल र प्रमाणपत्र पाएका थिए । पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षता भएको समापन कार्यक्रमका प्रमुख अतिथि  बिरगंज  महानगरपालिकाका मेयर राजेशमान सिंह , अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव , भेट्रान सिटि क्लब बिरगंजका अध्यक्ष सबिन बस्नेत , उपाध्यक्ष सागर राणा , बिनोद परियार लगायतकाहरुको सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य संघका कोषाध्यक्ष पन्कज श्रेष्ठले र  कार्यक्रमको सहजीकरण संघका महासचिव बिनोद परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा योग आत्मचेतनाको महत्वबारे बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , असार ३ गते, रक्सौल, पूर्वी चम्पारण...

एक सातामै रोकिएको तलब निकासा, कर्मचारी हर्षित : कार्यवाहक मेयर आलमप्रति बधाईको ओइरो

पर्सा पोस्ट, साउन ०२ गते, वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाका...