अजित कुमार भुजेल , बिरगंज । बिरगंज कपडा बैंकद्वारा आगलागी पिडितहरुलाइ सहयोग प्रदान गरेको छ ।
बैंकले पर्साको धोबिनी गाउँपालिका वडा न. ३ गुलरियामा गएराति भएको आगलागी पिडितहरुलाइ सहयोग उपलब्ध गरेको छ । कपडा बैंकका उपाध्यक्ष सामाजिक अभियन्ता प्रकाश थारुको अगुवाइमा बैंकका अध्यक्ष लालबाबु सिंह र सदस्य युवा समाजसेवी नवराज भट्टराईको उपस्तिथिमा आगलागी पिडितहरु राजेन्द्र पटेल, फरिन्द्र पटेल, हनिफ मियाँ, मनिफ मियाँ, रबिन्द्र पटेलको परिवारलाइ २ बोरा नया पुरानो कपडाहरु , १ बोरा नया पुराना भाडाबर्तनहरु , म्याट र नगद ५ हजार सहयोग हस्तान्तरण गरिएको हो ।
सो अवसरमा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक तोजेन्द्र क्षेत्री ,समाजसेवी एवं पुर्व प्रनी ललन प्रसाद कुर्मी, सन्चारकर्मी लालबाबु बानिया,ब्लु हेभेन एकेडेमीका संचालक युवा अभियन्ता शिक्षक सुदिल पटेल ,स्थानिय समाजसेवी केदार पाण्डे लगायत स्थानिय अग्रज ,महिला ,युवाहरुको उपस्थिति रहेको थियो ।
गए राती सर्ट सर्किटले भएको आगलागीमा करीब ३० लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको पिडितहरुले बताएका छन् । आगलागी हुँदा गरगहाना, लत्ताकपडा, फर्निचर, अन्नपात, साइकल, भाडाकुँडा, बाख्रा र नगद सहित जलेर नष्ट भएको र लागेको आगो स्थानीयवासी, प्रहरी , पोखरिया र बिरगंजबाट गएको बारुणयन्त्रको सहयोगमा निभाइएको थियो ।