नेपाल औंषधि व्यवसायी संघ पर्साको स्थगित निर्वाचन अबिलम्ब गर भन्दै औंषधि व्यवसायीहरु सडकमा

Date:

अजित कुमार भुजेल , बिरगंज । नेपाल औषधि व्यवसायी संघ पर्साको स्थगित निर्वाचन अबिलम्ब गर भन्दै औषधि व्यवसायिहरु शनिवार बिरगंजको सडकमा ओर्लेका छन ।

नेपाल औषधि व्यवसायी संघ पर्साको दोश्रो अधिवेशन गत असार ८ गते सम्पन्न हुँदै गर्दा निर्वाचन भने स्थगित भएको थियो ।

निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारि दिएका मानव राजपालको नेतृत्वमा औषधि व्यवसायीहरु बिरगंजको घण्टाघरमा जम्मा भएर विभिन्न नारा अन्कित हाते प्लेकार्ड बोकि नारा लगाउदै नगर परिक्रमा पश्चात् नेपाल औषधि व्यवसायी संघ पर्साको कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो ।

अधिवेशनमा आफू हार्ने निश्चित देखेर बिपक्षी उम्मेदवारहरुले ममाथी अयोग्यताको झुठो दावी गर्दै अधिवेशन नै नगर्ने चाल चलेको सुईको पाएर आफुले तुरुन्तै केन्द्रिय समितिलाइ सुचित गर्दा मिति २०८१ असार ७ गते नै मेरो उम्मेदवारीको साथै अधिवेशन एवं निर्वाचन प्रकृया अगाडि बढाउनु पर्ने कर्तव्य रहन्छ भने अवगत गराउदै नेपाल औषधी व्यवसायी संघ केन्द्रिय समितिको निर्णयलाई आफुखुशी अपव्याख्या गरि मनोमानी तरिकाले जिल्ला शाखा अघि बढेकोमा केन्द्रिय समितिको ध्यानाकर्षण भएको भन्दै निर्वाचन समितिको कार्यालय नेपाल औषधि व्यवसायी संघ पर्सा जिल्ला शाखालाई थप प्रमाण सहित स्पष्टताका साथ केन्द्रिय समितिलाई जानकारी गराउन पत्र पठाएको थियो ।

तर पनि अटेर गरि आज करिब २ महिना भयो निर्वाचन गर्न नै नचाहेको आरोप लगाउदै बारम्बार जिल्ला ,प्रदेश र केन्द्रिय समितिलाइ बारम्बार आग्रह गर्दा पनि निर्वाचन नगराएकोले बाध्य भएर हामी सडकमा आएका हौ भनी स्पस्ट पार्नु भयो ।

केन्द्रिय समितिको निर्वाचन गराउनु भन्ने निर्णय विरुद्ध गई पुर्व अध्यक्ष लगायत प्रदेश समितिका आफन्तलाई मिलाएर सहमतिमा कार्यसमिति बनाउने खबर आफुहरुले पाएर श्रावण २६ गते बैठकमा जादा त श्रावण १९ गते शनिबारको मिति हालेर पदाधिकारी सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको देख्दा आफुहरु निकै दुखका साथ आर्श्चयमा परेका थियौ जबकी सो प्रमाणपत्रमा १९ गते नै राजिनामा गरि सकेका निर्वाचन अधिकृतको हस्ताक्षर रहेको थियो ,यो सरासर बेईमानी मात्र हैन अपराध नै हो भन्दै त्यो निर्णय बैठकमा रहेकाहरुको व्यापक बिरोधले कार्यान्वयन हुन पाएन दिएनौ र तत्कालै केन्द्रिय समितिमा खबर गर्यौ यो कार्य केन्द्रिय समितीको निर्णयको बिरुद्ध मानहानि र लोकतान्त्रिक प्रद्दती प्रक्रियाको मानमर्दन हुने निर्णय हामिले ठहर गरेका छौ ।

त्यस्ताहरु प्रती कार्वाही गर्न माग पनि गरेको राजपालले बताउनु भयो साथै अबिलम्ब निर्वाचन गराई औषधि व्यवसाय एवं व्यवसायी प्रतीको साख सम्मान जोगाउन आग्रह गरेका थिए।

सो जुलुस पश्चात् कोणसभामा मानव राजपाल,पंकज साह, हफिजल्लाह ,उज्वल मणिले मन्तव्य राखेका थिए भने सहजीकरण पन्नालाल पटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...