महानगर प्रमुख सिंह व्यक्तिगत भ्रमणमा जादा भ्रम फैलाईयो , भ्रममा नपर्न नगरवासिहरुमा अनुरोध :- सचिवालय

Date:

अजित कुमार भुजेल , बिरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंहको सिंगापुर भ्रमणलाई लिएर विभिन्न संचार माध्यममा आएका समाचार प्रति उनको सचिवालयले आपत्ति जनाएको छ।

व्यक्तिगत भ्रमणका सिलसिलामा सिंगापुर जानुभएको विषयलाई स्वास्थ्यमा गम्भीर समस्या आएर उपचार गर्न गएको भनेर गैर जिम्मेवार ढंगले समाचार प्रस्तुत गरी जनमानसमा भ्रम फैलाउन खोजिएको भन्दै सचिवालयले आपत्ति जनाएको हो ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘केही संचारमाध्यमले नगर प्रमुखज्यू, तथा उहाँको निजि सचिवालय सँग सोधपुछ नगरी जनमानसमा भ्रम फैलाउने उद्देश्य राखी ‘गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएपछि उपचारका लागि सिंगापुर उडेको’ भन्ने जस्ता गैरजिम्मेवार विषयवस्तु सस्तो खपतका लागि पस्केको पाईएको छ । संचार माध्यममा आएजस्तो नगर प्रमुखज्यूलाई कुनै प्रकारको गम्भिर स्वास्थ्य समस्या नरहेको जानकारी गराउँदछौँ ।’

यस्तै प्रमुख सिंहको व्यक्तिगत भ्रमणमा जानु भएकाले यो भ्रमणको पालिकासँग कुनै सरकोकार नरहेको पनि विज्ञप्तीमा स्पष्ट पारिएको छ ।

प्रमुख र प्रमुखको सचिवालयसँग कुनै जानकारी नै नलिई बन्द कोठामा बसेर, काल्पनिक विषयवस्तु तयार पारि कसलाई कसरी बदनाम गर्ने भन्ने धन्दा चलाईरहेकाहरुबाट सचेत रहन पनि सबै नगरवासीहरुमा विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...