बजार व्यवस्थापन समितिटोलिद्वारा मनोज ग्यास प्रालि र लिन्करोड स्थित न्यु बि. एस. ट्रेडर्समा अनुगमन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाको बजार ब्यवस्थापन समितिको संयोजक तथा उप प्रमुख इम्तियाज आलमको निर्देशनमा आज बजार अनुगमन भएको छ ।

बजार ब्यवस्थापन समितिका पदाधिकारीहरुद्वारा परवानिपुर स्थित मनोज ग्यास प्रा. लि. मा अनुगमन गरेको थियो ।

अनुगमन गर्ने क्रममा मनोज ग्यास प्रा.लि. को ब्यवसाय प्रमाण पत्र तथा ग्यास सिलिण्डरको तौलको परिक्षण गर्दा सबै कागजात र सिलिण्डरको तौल मापदण्ड अनुसार ठिक रहेको पाईयो।

त्यसै गरि मनोज ग्यास प्रा.लि.लाई समय  समयमा बिक्रेता कहाँ गएर सिलिण्डरको म्याद मिति,तौल र विक्रि वितरण गर्ने मुल्यको अनुगमन गर्ने निर्देशन समेत दिईएको थियो ।

त्यसैगरि बिरगंज लिन्करोडमा रहेको न्यु बि. एस. ट्रेडर्समा अनुगमन टोलिले अनुगमन गर्ने क्रममा ईजाजत बिनाको ५ केजिको सानो खालि सिलिन्डर बिक्रि बितरण गर्नको लागि राखिएको थियो भने व्यवसाय प्रमाणपत्र रहेको तर खुद्रा बिक्रि बितरणको ईजाजत लिएको र होलसेलमा पनि बिक्रि बितरण भएको पाईएको थियो । त्यसैगरि मनोज ग्यास प्रा. लि.को अधिकृत बिक्रेता भएको तर अन्य कम्पनीको पनि सिलिन्डर गोदाममा भेटिएको थियो । विभिन्न ब्रान्डका ग्यास चुल्हो , रेगुलेटर , चुल्होमा लाग्ने अन्य पार्टसहरु बिक्रि बितरण गर्न राखिएको र सोको कागजात माग्दा उपलब्ध गराउन नसकेको र खरिद र बिक्रि बिलको साथ साथै ग्यास तौलको लागि तौलने यन्त्र नरहेकोले ३ दिन भित्र कागजपत्र र तौल यन्त्र खरिद गरि ३ दिन भित्र सम्बन्धि  कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिएको थियो ।

अनुगमनमा बिरगंज महानगरपालिकाका कार्यपालिका सदस्य कन्हैया प्रसाद ठाकुर  , बिरगंज महानगरपालिकाका खाद्य  अनुसन्धान अधिकृत विपिन कुमार लाल दास, , खाद्य प्रबिधि तथा गुणस्तर कार्यालय बिरगंजका प्रमुख सुरेश कुमार साह ,  उपभोक्ता हित संरक्षण मञ्च नेपालका धिरज शर्मा,अजित भुजेल, गुणस्तर तथा नाप तौल कार्यालय बिरगंजका  शुसान्त चौधरी , आनन्द गुप्ता , वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजका मधुरेश प्रसाद साह, बिरगंज महानगरपालिकाका पशु प्राविधिक संतोष ठाकुर, नगर प्रहरी निरिक्षक हरि प्रसाद भुसाल , प्रहरी लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...