वातावरण जिउने आधार सस्थाको आयोजनामा ” फोहोरबाट फेसन ” कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज ।वातावरण जिउने आधार सस्थाको आयोजनामा वातावरण दिवस २०२४ को अवसरमा  ” ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड ” कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण दिवस बिश्वभरि मनाईन्छ , यसको उदेश्य भनेको हाम्रो पृथ्वीको संरक्षण र सुरक्षा प्रवर्द्धन गर्ने हो । हरेक बर्ष वातावरण दिवसको दिन एक बिशेष बिषयमा केन्द्रिय हुन्छ र यस बर्षको बिषय रहेको छ ” भु- बहालि , मरुभूमिकरण र खडेरी प्रतिरोध ” र यसको लागि नाराको रुपमा ” हाम्रो भुमि हाम्रो भबिस्य ” चयन गरेको छ ।

यो सस्थाले बिगत लामो समयदेखि सन्युक्त राष्ट्र वातावरण कार्यक्रम ( UNEP) को बिषयसङ्ग माटोको स्वास्थ्य र भुमि अधोगति प्रमाणित गर्ने प्लास्टिक प्रदुषणमा केन्द्रिय रहेर काम गर्दै आईरहेको जानकारी दिएका थिए ।

त्यस अन्तर्गत यस बर्ष यस सस्थाले बिरगंजमा ” ट्रासओनिस्टा” नामक कार्यक्रम आयोजना गरेको छ । जसको नारा  “फोहोरबाट फेसन ” रहेको र यसले विद्यार्थीहरुलाई बातावरणिय समस्याहरुलाई शिर्जनात्मक तरिकाले समाधान गर्न प्रेरित गर्ने काम गर्दछ ।

यो कार्यक्रम अन्तर्गत विद्यालहरु बीचको प्रतियोगिता हुने छ , जहा विद्यार्थीहरुले पुन: प्रयोग गरिएको प्लास्टिकबाट बनेका DIY फेसन आउटफिटहरु सिर्जना र प्रदर्शन गर्ने र यो प्रतियोगिता तिन श्रेणिमा बिभाजित गरिएको छ ।

पहिलो फोहोर लुगाहरु ५०% अन्क , दोस्रो शारीरिक भाषा २५% अन्क र तेस्रो प्रश्न र उत्तर २५% अन्क गरि जम्मा १००% अन्क मध्य जसले बढी ल्याउछ  उनै पुरस्कृत हुने आयोजक कमिटीले बताएका थिए ।

सो कार्यक्रममा २० विद्यालयहरुलाई सहभागीताको लागि आमन्त्रित गरेको र अन्तिम समयमा ३ विद्यालय मात्र सहभागी भएकस थिए । सहभागी विद्यालयहरुमा अल्पाईन स्कुल , रोयल एकेडेमी र सालोम स्कुलका विद्याहरु सहभागी भएको आयोजक कमिटीले बताए ।

बिरगंज पब्लिक कलेजको बुद्ध ईन्क्युबेशन सभाहलमा सोमबार सस्थाकि कार्यक्रम संयोजक अनामिका तिवारीको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि मधेस बिश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. दिपक शाक्यले तुलसिको बिरुवामा पानी हालि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

त्यसैगरि सो कार्यक्रममा ओम्यान स्किल सेन्टर बिरगंजकि अध्यक्ष चंचला दास , पोखरिया नगरपालिकाकि पुर्व उपप्रमुख सलमा खातुन , वातावरण जिउने आधार सस्थाका पदाधिकारीहरु , विद्यार्थीहरु र सन्चारकर्मिको सहभागिता रहेको थियो ।

, कार्यक्रम सन्चालन प्रार्थना साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...