नेशनल मेडिकल कलेज र आईजीआई प्रुडेनशियल ईन्स्योरेन्स बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Date:

पर्सा पोस्ट, साउन २९ गते, बीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि. बीरगंज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्स लिमिटेडबीच एक वर्षे स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा बीमा सुविधाबाट लाभान्वित हुनेछन्। साथै, विरामीको सहज पहुँच सुनिश्चित गर्न दुवै संस्थाले आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएका छन्।

कार्यक्रममा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो।

उक्त अवसरमा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत प्पु सिंह तथा आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक प्रबन्धक धनञ्जय कुमार ठोकर उपस्थित थिए।

सम्झौतापछि दुवै संस्थाले यस सहकार्यले बीमित ग्राहकलाई गुणस्तरीय, छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढिपिडितका लागि बिहान र बेलुकी दुई छाक खाना बितरण अभियान सुरु

पर्सा पोस्ट, असोज १९ गते, बिरगंज । जिल्ला समन्वय...

दसैं मेलामा कुटपिट : बिरगंजमा एक युवकको मृत्यु

पर्सा पोस्ट, असोज १५ गते, बिरगंज । बिरगंजमा  लागेको...

नारायणी अस्पतालमा छोरी जन्मेकि महिला परिवारसङ्ग पुनमिर्लन

पर्सा पोस्ट, असोज १५ गते, वीरगंज । मानवसेवा आश्रम...

बिरगंजमा अन्दाजी ३० वर्षिया गर्भवती महिलाको मानवसेवा आश्रममा उद्वार

पर्सा पोस्ट, असोज ११ गते, वीरगञ्ज । शनिबार राति...