अजित कुमार भुजेल , बिरगंज । बिरगंजमा पहिलो पटक राष्ट्रिय स्तरको बुद्धिचाल(चेस) प्रतियोगीता सुरु भएको छ ।
बिरगंजको क्लासिक ब्यान्केटमा सोमबार नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा प्रतियोगीता सन्चालन भएको थियो ।
बैशाख १० गते सोमबारदेखि १२ गते बुधबारसम्म ३ दिन चल्ने सो प्रतियोगीताको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पानसमा बत्ति बालेर गरेका थिए ।
पर्सा जिल्ला बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगीताका चिफ आर्बिटर एंव नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सदस्य रामकिशोर सिंह परागले प्रतियोगीताको बारेमा प्रकाश पार्नु भएको थियो ।
चेस प्रतियोगीतामा देशै भरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागीता जनाएका छन् ।
हभागीलाई विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन भइरहेको चिफ आर्बिटर परागले बताए ।
उनका अनुसार प्रतियोगितामा १० वर्ष मुनिको खेलमा १० जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् ।
उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ ।
सहयोगिहरुमा बिरगंज महानगर पालिकाकाको कार्यालय , प्याब्सन पर्सा , प्याब्सन बिरगंज महानगर कमिटी , बिरगंज युवा समाज एम्स ईन्स्टिच्युत , क्युस्ट फर्मा , तेराबाईट सफ्टवेयर , ब्यूटिफुल स्माईल डेन्टल लगायत रहेका थिए ।
मुनलाईट माबीले गतबर्ष पौषमा समेत बृहत स्तरको बुद्धिचाल प्रतियोगिता बिरगंजमा सम्पन्न गरेको मुनलाईट मबिका प्रबन्ध निर्देशक सुलभ केसिले जानकारी दिनु भयो ।