साउथ जोनको शानदार जित , प्रथम विरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

Date:

पर्सा पोस्ट , जेष्ठ २१ गते , वीरगञ्ज ।
वीरगञ्जमा जारी “प्रथम वीरगञ्ज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३” अन्तर्गत आज सम्पन्न चौथो क्वार्टरफाइनल खेलमा साउथ जोन सेकेण्ड्री स्कूलले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

वीरगञ्ज यूथ एकेडेमीको आयोजनामा तथा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको सह–आयोजनामा सञ्चालित प्रतियोगिताको चौथो दिन आदर्शनगर फुटबल मैदानमा भएको रोमाञ्चक प्रतिस्पर्धामा साउथ जोन सेकेण्ड्री स्कूलले अल्पाइन माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो।
खेलको सुरुवातदेखि नै साउथ जोनले आक्रामक शैली अपनाउँदै विपक्षी टोलीमाथि दबाब बनाएको थियो। उत्कृष्ट पासिङ, अनुशासित खेल तथा सशक्त टिमवर्कका कारण टोलीले सहज जित निकाल्न सफल भयो। खेलभर साउथ जोनका खेलाडीहरूको तालमेल र प्रदर्शन दर्शकहरूको आकर्षणको केन्द्र बनेको थियो।

प्रतियोगिता जेठ १८ गतेदेखि सुरु भई जेठ २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। वीरगञ्जका विभिन्न विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ २५ गते आयोजना हुने तालिका रहेको छ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र उत्साहजनक बनाउन समाजसेवी, अधिवक्ता तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले विशेष सहयोग प्रदान गरेका छन्। उनले प्रतियोगिताभर प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषणा गर्दै दैनिक नगद १ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरबाटै फुटबल खेलको विकास, प्रतिभावान खेलाडीहरूको पहिचान तथा विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। अब हुने सेमिफाइनल खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...