No menu items!

पर्सा ट्राफिक प्रहरी कार्यालयमा वृक्षारोपण : हरियाली र सौन्दर्यकरणतर्फ कदम

Date:

अजित कुमार भुजेल ,श्रावण १९ गते । पर्सा जिल्लाको ट्राफिक प्रहरी कार्यालय परिसरमा वातावरण संरक्षण र सौन्दर्यकरणको उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज भट्टको अगुवाइमा कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका करिब ५५ वटा (आँप र लिच्ची) बिरुवाहरू रोपिएका छन्।

ग्रीनसिटी सामुदायिक प्रहरी, आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानको विशेष सहयोगमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल, हवल्दार, सिपाहीलगायतको उल्लेखनीय उपस्थिति थियो।

इन्स्पेक्टर भट्टका अनुसार, “वृक्षारोपणले कार्यालय परिसरलाई हराभरा र आकर्षक बनाउनुका साथै सेवाग्राहीका लागि सहज वातावरण सिर्जना गर्नेछ । साथै, यसले वातावरणीय सन्तुलनमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ।”

कार्यक्रमले प्रहरी प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाएको छ। रोपिएका बिरुवाहरूको संरक्षण र पालनपोषणका लागि कार्यालयले निरन्तर योजना अनुसार काम गर्ने जनाएको छ।

यो पहल जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको वातावरणमैत्री सोचको प्रतिबिम्ब भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...