No menu items!

बिर्ता प्रहरीद्वारा अबैध भन्सार छलि ल्याईएका ४ लाख भन्दा बढीको मोबाईलका सामान पक्राउ

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगर  पालिका वडा नं. ०८ स्थित माईस्थान पछाडिको सडक खण्डबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो मात्रामा मोबाइल उपकरणहरू सहितको मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ।

बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईंको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सो स्थानबाट मोबाइलमा प्रयोग हुने हार्ड ग्लास २० प्याकेट र विभिन्न ब्राण्डका ब्लुटुथ एअरपड्स ३७२ थान फेला पारी बरामद गरेको हो। प्रारम्भिक अनुमान अनुसार बरामद सामग्रीको बजार मूल्य करिब रु. ४ लाख ५४ हजार ४ सय बराबर रहेको बताइएको छ।

बरामद गरिएको सामग्रीलाई आवश्यक कारबाहीको प्रक्रियाका लागि बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ। प्रहरीले भारतबाट सस्तो मूल्यमा चोरी पैठारी गरी भन्सार दस्तुर नतिरी नेपाल भित्र्याउने कार्य बढ्दै गएकाले निगरानी थप कडा बनाइएको जनाएको छ।

यस किसिमको अवैध व्यापारले सरकारी राजस्वमा गम्भीर क्षति पुर्‍याउने मात्र होइन, बजार प्रतिस्पर्धामा समेत असमानता निम्त्याउने भएकाले सुरक्षा निकाय थप सक्रिय बन्नुपर्ने आवश्यकता औंल्याइएको छ।प्रहरीका अनुसार यस घटनासँग सम्बन्धित व्यक्ति वा गिरोहको खोजी कार्य तीव्र पारिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...