बिरगंजका दुई युवा पैदल अयोध्या यात्रामा, राममन्दीरको समुद्घघाटन कार्यक्रममा सरिक भैइ पुजापाठ गर्ने कार्यक्रम

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय बजरंग दल बिरगंजको आयोजनामा बिरगंजको गहवामाई देखि भारतको अयोध्या सम्मको पैदल यात्रामा निस्केका दुई युवाहरुलाई बिरगंज महानगर पालिकाका मेयर राजेश मान सिंहले बिदाई गरेका छन् ।

भारतकाे अयाेध्यामा नवनिर्मित राममन्दिरकाे समुद्घघाटन कार्यक्रममा सरिक भई दर्शन र पूजापाठका लागि बिरगंजका युवाहरुकाे एक समुह १० दिने प‌ैदल अयाेध्या यात्रामा जाने भएका छन।

राष्ट्रिय बजरंग दल पर्साका ११ जना युवाहरुकाे टाेली बिहीबार बिहान बिरगंजबाट पैदल अयाेध्या यात्रामा निस्किएको हाे।

भगवान रामकाे जन्मभूमि अयाेध्यामा नवनिर्मित राममन्दिरमा जनवरी २२ तारिक अर्थात माघ ८ गते भगवान रामकाे मूर्ति प्राणप्रतिष्ठासंगै समुद्घाटन समाराेह हुदैंछ।

त्यहि समाराेहमा सरिक हुन र पूजापाठ गर्नका लागि बिरगंजबाट बजरंग दलका युवाहरु बिहीबार बिहान १० दिनकाे पैदल अयाेध्या यात्रामा निस्किएका हुन् ।

बिरगंजबाट अयाेध्याकाे दूरी ३५० किलोमिटर छ।  बिरगंजबाट अयाेध्याका लागि प्रस्थान गरेकाे बजरंग दलका युवाहरुलाई बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले माईस्थानस्थित गहवामाई मन्दिर परिसरमम फूलकाे माला र खादा लगाएर विदाई गरेका हुन।

बिरगंजबाट भगवान् रामका लागि धातुकाे धनुष-वाण लगायतका काेसेली लिएर हिडेकाे टाेली भारतकाे बिहार र उत्तर प्रदेशका विभिन्न शहरकाे प‌दल यात्रा गर्दै १० दिनमा राम जन्मभूमि अयाेध्यामा पुग्ने लक्ष्य रहेकाे पैदल यात्रामा सहभागी बिरगंज वडा न. १० का युवा मुन्ना साह कानुले बताए ।

अयाेध्यामा पुगेर नवनिर्मित राममन्दिरकाे समुद्घाटन समाराेहमा सरिक भई पूजापाठपनि गर्ने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...