पर्सामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

Date:

अजित कुमार भुजेल , बिरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २   जंगल क्षेत्रबाट आज बिहान बाघले आक्रमण गरेका एक युवकको शव फेला परेको छ।

मृतकको पहिचान थरुहटी गाउँ निवासी बाबुलाल राउत ढागडको अन्दाजी ३२ वर्षिय छोरा मनोज राउत ढागड रहेको ईलाका बन डिभिजन कार्यालय रंगपुरका बन अधिकृत कपिलदेव यादवले जनाएका छन।

घटनाको खबर सुनेर घटना स्थलमा रंगपुर बन अधिकृत कपिलदेव यादव र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली प्रहरि निरीक्षक रामराजा केसरीको कमाण्डमा गएको टोलीले  घटनास्थलको जानकारी दिएका अनुसार  मनोज  राउत ढागड  आईतबार अबेर सम्म गाउँको नजिक काम गरिरहेको बेला  साझमा  खोलातिर दिशा गर्न गएको बेला जंगलबाट आएको बाघले सानो खोला नजिकबाट तीन सय  मिटर भित्र लगी आक्रमण गरि मारेको प्रहरीले जनाएका छन।

घटना स्थलमा मृतकको टाउको ,एउटा  दाहिना भागका खुट्टा रहेको र १० मिटरको दुरीमा मृतक ढागडको ज्याकेट, मोबाइल र सुर्तीको डब्बा रहेको  प्रहरीले जनाएका छन।

प्रहरीले घटना स्थलबाट मृतकका शव पोस्टमार्टमको लागि नारायणी अस्पताल बिरगंज ल्याउने तयारी भईरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...