अजित कुमार भुजेल , बिरगंज। नेशनल प्याब्सनको बिरगंजमा भएको आठौं राष्ट्रिय महाधिवेशनको निर्णय अनुसार महाधिवेशनलाई प्रभावित पार्ने गरि संस्थापन पक्षको विरुद्धमा गतिविधि गरेको ,संस्थाको हक हितविपरित मनोमानि ढंगले कार्य गरेको हुदा संस्थाको बिरगंज नगर कमिटी बिगठन गरि नया तदर्थ समिति गठन गरिएको छ ।
राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल, पर्सा जिल्ला कार्य समितिको फागुन १७ गते बसेको बैठकको निर्णय अनुसार सो संस्थाको बीरगंज महानगर समिति बिघटन गरेको थियो । साथै तपसिल बमोजिम राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल, बीरगंज महानगरको तदर्थ समिति समेत गठन गरीएको ब्यवहोरा राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल जिल्ला कार्य समिति पर्साले जानकारी गराउँदै अब देखि यस कार्यालयबाट समितिसँग शिक्षासँग सम्बन्धित गतिविधि संयोजन गर्न गराउन हुन अनुरोध समेत गरेको छ ।
उक्त तदर्थ समितिको अध्यक्षमा सोनालाल प्रसाद पटेल, उपाध्यक्षमा सन्तोष साह, सचिवमा सोनु अन्सारी र कोषाध्यक्षमा श्रीराम गिरी चयन हुनु भएको छ भने सदस्यहरूमा श्रीराम दास, सरोज मानन्धर र किशन गौतम रहेको नेशनल प्याब्सनको बिरगन्ज पर्साका अध्यक्ष राम श्रेष्ठले जानकारी गराएका थिए।