अजित कुमार भुजेल, बिरगंज । ३० औं महान जनयुद्ध दिवसको अवसरमा वाईसिएल पर्साले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।
आजै दिन बि. स. २०५१ साल फागुन १ गते नेकपा माओवादीले जनताको हक अधिकारको लागि महान जनयुद्ध सुरु गरेको ३० बर्ष पुगेको दिनको अवसरमा आज ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा दिप प्रज्वलन गरि खुशीयालि मनाएका थिए ।
सो दिप प्रज्वलन कार्यक्रम वाईसिएल पर्साका अध्यक्ष सन्तोष पटेलको अध्यक्षतामा तथा नेकपा ( माओवादी ) केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व माननीय शेख चाद ताराको प्रमुख आतिथ्य भएको थियो ।त्यसैगरि बिशिस्ट अतिथिहरुमा नेकपा ( माओवादी ) केन्द्रका केन्द्रिय सदस्य टेक बहादुर शाक्य , रामबाबु बैठा, बलिराम साह , छोटेलाल यादब , सन्तोष पासवान , शरिफ गद्दी , दुर्गा क्षेत्री , दिपक गौतम , शिवनाथ यादव , जुबेर आलम , मिरोज अहमद , मन्सुर बाबु , चन्दन रौनियार , प्रदिप पटेल , कबिराज पटेल , अनिस पटेल , रन्जित पान्डे , ईश्क कुमार लगायतको उपस्थिति रहेको थियो ।
आजको कार्यक्रम सन्चालन वाईसिएल पर्साका पुर्व जिल्ला संयोजक पिन्टु रौनियारले गर्नु भएको थियो ।