अजित कुमार भुजेल , बिरगंज । पर्सा जिल्ला प्रहरी प्रमुखको कमाण्ड सोमबार दिउँसो एसपि गौतम मिश्रले कार्यालयमा पुगेर जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।
आजै जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं सहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरीक्षक गौतम मिश्रले कार्यभार सम्हालेका छन । प्रहरी प्रधान कार्यालयले चितवनबाट पर्सामा सरुवा गरेका प्रहरी उपरीक्षक मिश्रले आजै कार्यभार सम्हालेका हुन । उनी दुई महिनाअघि मात्र चितवन गएका थिए।
प्रहरी उपरीक्षक मिश्र २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखको रुपमा रहेर काम गरिसकेका छन । भाडाको भवनमा रहेको वडा प्रहरी कार्यालय श्रीपुरलाई तत्कालीन ईन्सपेक्टर मिश्रकै नेतृत्वमा विभीन्न दाताहरुको सहयोगबाट आफ्नै निजी भवन बनाएर संचालनमा ल्याएका थिए । त्यसैगरि यसअघि जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरीक्षकको रुपमा काम गरि एसपिमा बढवा भैइ विभिन्न जिल्लाको कमान्ड सम्हाल्दै अहिले पर्सा जिल्ला आउनु भएको र पर्सा जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवान देखि लिएर अधिकारी समेतलाई निर्देशन दिएका छन् ।